वि.सं.: २०८३, भदौ १४ आइतबार
इ.स.: 2026 August 30,SUNDAY
वि.सं.: २०८३, भदौ १४ आइतबार
जनप्रतिनिधिको नेतृत्वमा केन्द्रबाट आवश्यकता र उपलब्धताको तथ्याङ्क संकलन हुनेछ – कार्यवाहक प्रमुख, डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृहमा विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । रसुवा भोटेकोशी बाढीबाट प्रभावित व्यक्तिहरुलाई सहयोग गर्न इच्छुक महानगरपालिका भित्रका व्यक्ति, कम्पनी, संस्था तथा निजी क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्ने वातावरणमा सहजीकरण गर्न, रसुवा भोटेकोशी बाढीमा महानगरबासीमा परेको प्रभाव तथा क्षतिको विवरण संकलन गर्न केन्द्र स्थापना गरिएको हो । केन्द्रबाट नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम हुनेछ ।
केन्द्रमा एक जना जनप्रतिनिधि र २ जना कर्मचारी रहनुहुनेछ । महानगरपालिकाले गरेका कामका विषयमा जानकारी केन्द्रको फोन नं. ०१ ५३४०८८० मा सम्पर्क गर्न सकिनेछ । यस्तै विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालको फोन नं. ९८४१३४९७३५ र मेट्रो एफ. एम. का स्टेशन म्यानेजर केशवप्रसाद नेपालको फोन नं. ९८४१२५०७८० मा सम्पर्क गर्न सकिनेछ ।
‘बाढी संकटग्रस्त क्षेत्रका आवश्यकताहरु छिटो छिटो परिवर्तन भइरहेका छन् । आज अत्यावश्यक परेको बस्तु तथा सामग्री भोलि यथेष्ट भएर वा आवश्यकता सकिएर अर्कै बस्तुको आवश्यकता हुने गरेको छ ।’ प्रभावित क्षेत्रबाट प्राप्त सूचना उधृत गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुहुन्छ, ‘आवश्यकता र उपलब्धताको सन्तुलन मिलाउन केन्द्रमा प्राप्त हुने तथ्य तथा विवरणले व्यवस्थापनको चित्र प्रदान गर्नेछ ।’
उहाँले एकीकृत विपद प्रतिकार्यमा जोड दिँदै, नगद सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न आग्रह गर्नुभयो । ‘जिन्सी सामान दिन चाहनुहुन्छ । या सेवा प्रदान गर्न चाहनुहुन्छ भने स्थानीय स्तरको आवश्यकताका आधारमा हामी प्रभावितसम्म पुग्नका लागि सहजीकरण गरिदिनेछौँ ।’
महानगर विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले, आपतमा परेका यात्रुहरुलाई ल्याउन, निःशुल्क यातायात, घाइते र विरामी ल्याउन एम्बुलेन्स, शव ल्याउन शव वाहन परिचालन भइरहेको जानकारी दिनुभयो ।
यस अघि मेलम्चीमा आएको बाढीजन्य पीडा कम गराउन नगरपालिकालाई सहयोग गरिएको स्मरण गर्दै वडाध्यक्ष हीरालाल तण्डुकारले, काठमाडौँ महानगरपालिकाले अघि सारेको विपद संकट व्यवस्थापन कार्यलाई सहयोग पु¥याउन यस आर्थिक वर्षमा आफूले प्राप्त गर्ने करिब २ लाख ४८ हजार रुपियाँ प्रदान गर्ने बताउनुभयो ।
विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले, वडा स्तरबाट विवरण संकलन गराउन केन्द्रबाट काम गरिने बताउनुभयो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App