वि.सं.: २०८२, पुस २४ बिहीबार
इ.स.: 2026 January 8,THRUSDAY
वि.सं.: २०८२, पुस २४ बिहीबार
ट्राफिक जामका कारण काठमाडौँमा वार्षिक १ खर्व १६ अर्वको आर्थिक क्षति
काठमाडौँ । काठमाडौँमा हुने ट्राफिक जामका कारण वार्षिक १ खर्व १६ अर्व रुपैयाँ बराबरको आर्थिक क्षति हुने गरेको अधिकारीहरुले बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको अध्यक्षतामा आज बसेको सवारी तथा यातायात व्यवस्थापन समन्वयात्मक बैठकमा कार्यपत्र प्रस्तुत गर्दै यातायात विज्ञ प्रशान्त खरेल तथ्याङ्क प्रस्तुत गर्दै यो क्षति रोक्ने विषयमा तत्काल काम थालनी गर्नुपर्ने खाँचो देखाउनुभयो ।
बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, काठमाडौँभित्र सवारी र यातायातलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणले काम गर्ने बताउनुभयो । ‘काठमाडौँ महानगरका प्रमुखको अध्यक्ष र ललितपुर महानगरका प्रमुख उपाध्यक्ष रहने प्राधिकरणको काम कारवाही सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद् रहने व्यवस्था छ ।’ विकसित व्यवस्थाका विषयमा जानकारी दिँदै अधिकारीले भन्नुभयो, ‘प्राधिकरणले काम थाल्नु अघि यसका कामलाई प्रभावित हुने गरी संघ र प्रदेश सरकारबाट कुनै पनि निर्णय गर्न हुँदैन ।’ उहाँले प्रदेश सरकारले ट््याक्सी दर्ता खोलेको प्रसङ्ग उधृत गर्दै यस्तो बताउनुभएको हो ।
सरकारले सार्वजनिक यातायात नीतिको प्रभावकारी व्यवस्थापनका लागि ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिरण ऐन — २०७९’ जारी गरेको छ । यो ऐन असोज ९ गते प्रमाणिकरण भएको हो । सहरी क्षेत्रमा सार्वजनिक यातायात क्षेत्रलाई सहज, पहुँच योग्य, यात्रुमैत्री, विश्वसनीय, लागतप्रभावी र सुरक्षित बनाउने उद्देश्यले प्राधिकरणको कानुनी प्रबन्ध गरेको हो ।
महानगरका ट्राफिक व्यवस्थापन विज्ञ जगतमान श्रेष्ठले, १ बर्षभित्र सवारीको गतिलाई ५ मिनेट छिटो बनाउने लक्ष्यका साथ काम गरिरहेको उल्लेख गर्नुभयो । सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनको इञ्जिनियरिङ्मा समस्या भएको, जिम्मेवारी पालनामा लापर्वाही भएको कारण अहिलेको अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।
बैठकमा प्रस्तुति गर्दै यातायात विज्ञ खरेलले, स्मार्ट लाइटको प्रयोगले ४० प्रतिशत समस्या समाधान गर्न सक्ने बताउनुभयो । सडक अनुशासन, संकेत चिन्हहरु, लिफ्टसहितको आकाशे पुलजस्ता पूर्वाधारको निर्माणमा छरिएका अधिकारले नतिजामुखी काम गर्न नसकिएको उहाँको टिप्पणी छ ।
सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र ध्वनी प्रदुषण, तेलको खपत, सवारी साधनमा हुने ह्रास, स्वास्थ्यमा पर्ने समस्या, दुर्घटना जस्ता कारणले आर्थिक क्षेत्रमा क्षति हुने गरेको छ । व्यक्तिको समय व्यवस्थापनमा कठिनाइ सिर्जना गरेको छ । यस्तै उत्पादनशीलतामा क्षति गराएको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था कार्यालय, सडक विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सहित सरोकारवाला कार्यालयका अधिकारीहरुको सहभागिता थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App