वि.सं.: २०८२, मंसिर २२ सोमबार
इ.स.: 2025 December 8,MONDAY
वि.सं.: २०८२, मंसिर २२ सोमबार
कोड क्लवबाट १६० देशसँग जोडिए महानगरका विद्यार्थी
≡ गोपाल घिमिरे
काठमाडौँ । ज्ञान, सिप र क्षमता बढाउन किताबको भारी बोकेर विद्यालय जानु पर्दैन । काठमाडौँ महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्ना धारणा यसरी सुनाउन थालेका छन् । महानगरले हरेक शुक्रबारलाई बुक फ्रि फ्राइडेका रुपमा क्रियाकलाप गराउने कार्यक्रम थालनी गरेपछिको १ महिनामा विद्यार्थीहरूले यसबाट प्राप्त लाभका विषयमा अनुभव सुनाउन थालेका हुन् ।
कार्यक्रम सञ्चालनको प्रभावकारिता अनुगमन गर्न महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) आफैँ विद्यालयहरुमा पुग्ने गर्नुभएको छ । हरेक हप्ता उहाँ कुनै न कुनै विद्यालयमा पुग्नुहुन्छ । प्रमुखसँगै शिक्षा सल्लाहकार, शिक्षा विभागका प्रमुख सीताराम कोइरालासहित अधिकारीहरु पनि विद्यालयको अनुगमनमा जाने गर्नुभएको छ ।
सरस्वती निकेतन माध्यमिक विद्यालय, ओन्दे
विद्यालयले बुक फ्रि फ्राइडेका लागि बुधबार योजना बनाउँछ । यसअनुसार बिहीबार रूटीन तयार हुन्छ । विद्यालयले शिक्षामा सिप कार्यक्रम अन्तर्गत फेसन डिजाइन र टेलरिङ सिकाउन थालेको छ । यसमा एप्रोन र छ टुक्रे पेटीकोट सिलाउन सिकाउन थालिएको छ ।
विद्यालयका प्रधानाध्यापक रविना महर्जन भन्नुहुन्छ, ‘शिक्षकहरूका बिचमा छलफल चलाएर अगाडि बढ्ने बाटो स्पष्ट बनायौँ । कक्षा चलाउँदा शिक्षकलाई पनि तनाब छैन । विद्यार्थीलाई पनि छैन । कक्षा बितेको पत्तै हुँदैन ।’ विद्यालयमा खेल मैदानका लागि ठाउँ छैन । कक्षा कोठा साँघुरा छन् । यो चाहिँ समस्या हो, प्रधानाध्यापक महर्जन थप्नुहुन्छ, ‘नजिकै भएका कुनै खुल्ला स्थानको उपयोग गर्ने योजना बनाएका छौँ । यसमा महानगरको सहयोग चाहिन्छ ।’
प्रशिक्षक कोपिला श्रेष्ठका अनुसार, यस विधामा छात्रा जत्तिकै छात्रहरुको पनि रुचि देखाएका छन् । पहिले छात्राहरु मात्र होलान कि भन्ने लागेको थियो । उहाँका अनुसार मेसिन र यसका पार्ट पूर्जा चिनाउनु यसको आधारभूत कक्षा हो । यसपछि टाँकाको बारेमा सिकाउँदै सिप कला बढाउँदै लगिन्छ ।
विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर
विद्यालयमा कोड क्लब सुरू गरिएको छ । यस क्लबमा कक्षा ८ का ७ जना विद्यार्थीको समूह बनाइएको छ । शिक्षण विधि, शिक्षण पद्धति, सिकाइसहित जीवन उपयोगी परियोजना बनाउने, सञ्चार गर्ने जस्ता रचनात्मक क्रियाकलापका लागि यो क्लवब गठन गरिएको हो । क्लबमा ४ जना शिक्षक हुनुहुन्छ ।
क्लबका विद्यार्थीहरुले खेल मैदानमा फुटबल, बास्केटबल खेले जसरी रमाउँदै नयाँ कार्यक्रम बनाउन सक्छन् । यसको आधार स्क्याच कोडिङ् हो । प्रशिक्षक सगुन ढुङानाका अनुसार यसरी निर्माण गरिएका कार्यक्रमह? १६० देशका विद्यार्थीको नेटवर्कमा पुग्छ । यही प्लेटफर्मबाट अन्तरराष्ट्रिय प्रतिस्पर्धा पनि गर्न सकिन्छ ।
विद्यालयमा सिपमा शिक्षा कार्यक्रमअन्तर्गत ब्युटिसियन (सौन्दर्य कला) तालिम चलाउन थालिएको छ । विद्यार्थी संख्या धेरै भएको र एउटै विधामा धेरै विद्यार्थीको ?चि भएपछि अवधि तोकेर तालिका निर्माण गर्ने योजना रहेको प्रधानाध्यापक हेरम्बराज कँडेलले योजना सुनाउनुभयो । व्यवहारिक शिक्षा जरुरी थियो । कार्यान्वयनमा आयो । कँडेलले नीतिगत प्रबन्ध गरिदिएकोमा महानगरपालिकाप्रति आभार प्रकट गर्नुभयो ।
प्रशिक्षक विमला रिजाल भन्नुहुन्छ, ’ब्युटिसियन तालिम सुन्दरतासँग मात्र होइन, स्वास्थ्यसँग पनि सम्बन्धित छ । नङ् काट्नु, कपाल काट्नु, सरसफाइ गर्नु जस्ता क्रियाकलाप सुन्दरताका लागि नगरे पनि स्वास्थ्यका लागि गर्नुपर्छ ।’
आफ्नै परिवेशमा उपलब्ध हुने प्राकृतिक बस्तु र सामग्रीको प्रयोगलाई सुन्दरता र स्वास्थ्यका लागि कसरी प्रयोग गर्न सकिन्छ । कक्षाको शु?वात यसको चिनारीबाट भएको छ । रिजालले तालिमका विषयमा जानकारी गराउनुभयो ।
विद्यालयले छनौट गरेको अर्को विधा मूर्तिकला हो । यसमा मूर्ति बनाउन माटोको गुणबाट सिकाइ सुरु गरिएको छ । यस विधामा विद्यार्थीहरु मग्न भएर सिप सिकिरहेका छन् ।
किताबमा पढेको भन्दा यसरी क्रियाकलाप गर्दा सजिलै सिक्न सकिने रहेछ । कक्षाका विद्यार्थीह?ले प्रसन्नता प्रकट गरे ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App