वि.सं.: २०८२, कात्तिक २७ बिहीबार
इ.स.: 2025 November 13,THRUSDAY
वि.सं.: २०८२, कात्तिक २७ बिहीबार
स्थानीय न्यायिक निरुपणको कथामा छोटो चलचित्र ‘उ गरेर उ गरौँ’ सार्वजनिक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय न्यायिक निरुपणको कथामा निर्माण गरेको लघु चलचित्र ‘उ गरेर उ गरौँ’ सार्वजनिक गरेको छ । विशेष प्रदर्शनसँगै सामाजिक सञ्जाल (मेट्रो न्युज युट््युव) मार्फत सार्वजनिक गरिएको हो । पारिवारिक तथा सामाजिक जीवनसँग सम्बन्धित विवाद र समाधानका प्रयासमा न्यायिक समितिका काम, प्रक्रिया र चरणको कथामा समेटिएको छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्देशन गर्नुभएको आचार्यको कथा, पटकथा तथा संवाद रहेको छ । चलचित्रमा मह जोडीसँगै बसुन्धरा भुषाल, रवि डंगोल, प्रदिप बास्तोला, नरेन्द्र कंसाकार, आरजु कार्की, शालिनी विष्ट भट्टराई, विगिसा अधिकारी, मञ्जु श्रेष्ठ, सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र सार्वजनिक गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले, पद वहालीका समयमा आफूले स्थानीय विवाद निरुपणका लागि मेलमिलाप केन्द्र स्थापना र सञ्चालन गर्ने यसका लागि महिला सञ्जाल गठन गर्ने निर्णय गरेको स्मरण गर्दै त्यो निर्णय कार्यान्वयनमा गएर नतिजा आउन थालेकोमा गर्व महसुस भएको धारणा राख्नुभयो । ‘वडा—वडामा गठन र सञ्चालन भएका महिला सञ्जाल, केन्द्र र वडामा निःशुल्क कानुनी सेवा, हाम्रा असल अभ्यास हुन् ।’
उहाँले भन्नुभयो, ‘यी आन्तरिक प्राप्तिसँगै न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलन अर्को अविस्मरणीय उपलब्धी हो । सबै (काठमाडौँ महानगरपालिकासहित ७५३) स्थानीय तहका न्यायिक समितिले सम्पादन गरेका न्यायिक निरुपण प्रक्रियाका विषयमा साझा बुझाइ विकास गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय सम्मेलनबाट महानगरले अभिभावकीय भूमिका निर्वाह गरेको छ । अहिले विभिन्न पालिकाहरुमा न्यायिक सम्पादनमा समस्या हुँदा महानगरसँग परामर्श हुन थालेको छ । केन्द्रीय राजधानी सहर भएकोले काठमाडौँ महानगरपालिका अभिभावकीय भूमिकामा स्थापित गर्नु गर्वको कुरा हो ।’
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले स्थानीय तहमा न्यायिक समितिबाट समाधान भएका विवादको संख्याले अदालतमा चाप कम भएको बताउनुभयो । यसबाट नागरिक, स्थानीय तह र अदालतसम्म प्रभाव छ । अधिकारीको भनाइ थियो ।
विवाद नहुनु सबैभन्दा राम्रो, जस्तो कि हरिवंश र म । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले भन्नुभयो, ‘शान्तिपूर्ण र सदभावयुक्त समाज निर्माण गर्ने सन्देश प्रवाहका लागि महानगरपालिकासँगको सहकार्यमा जोडिन पाएकोले खुशी लागेको छ ।’ त्यस अवसरमा निर्देशक हरिवंश आचार्यले भन्नुभयो, ‘हामीले अहिलेसम्मकै छोटो अवधिमा राम्रो चलचित्र बनाएका हाँै । कानुनी आचरणलाई व्यवहारिक प्रयोगमा उतार्दाका प्राविधिक पक्षलाई निकै अध्ययन गरेपछि मात्र आकारमा ल्याउन सकिएको हो । यो सामग्री महानगरपालिकाले निर्माण गरे पनि सबै पालिकाका लागि उपयोगी छ ।’
कार्यक्रममा कलाकार, प्राविधिक र न्यायिक सम्मेलन आयोजनाका लागि योगदान गर्ने व्यक्ति तथा संस्थालाई उपप्रमुख डंगोलले कदर पत्र र प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सुकुल प्रदान गर्नुभएको थियो । सुकुल, महानगरपालिकाले मौलिक सामग्री उत्पादन गर्न तालिम दिएका प्रशिक्षार्थीले बुनेका हुन् । तालिम दिएका प्रशिक्षार्थीलाई उद्यमशील बनाउन महानगर आफैँले प्रवर्धन गरिरहेको हो ।
मेलमिलाप हुनसक्ने व्यक्ति वादी भएर दायर भएको, अन्य देवानी, २५ लाख रुपैयाँसम्म विगो भएको घर बहाल तथा घर बहाल सुविधा, १ बर्षसम्म कैद हुनसक्ने फौजदारी विवाद न्यायिक समितिबाट समाधान गरिन्छ । नाबालक छोराछोरी र पति पत्नीलाई इज्जत आदमअनुसार खान बस्न तथा शिक्षा दिक्षा नदिएको, पाका व्यक्तिलाई खान लाउन नदिएको जस्ता विवाद धेरै देखिन्छन् । यी विवाद समाधान गर्ने विधि मेलमिलाप र निर्णय प्रक्रिया हुन् ।
काठमाडौँ महानगरपालिकाले २०७९ चैत १५ र १६ गते काठमाडौँमा न्यायिक समिति राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त गरेका सफलता, भोगेका समस्या र चुनौती सम्बन्धी अनुभव, सिकाइ र भोगाइ आदान प्रदान गरिएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App