वि.सं.: २०८२, कात्तिक ८ शनिबार
इ.स.: 2025 October 25,SATURDAY
वि.सं.: २०८२, कात्तिक ८ शनिबार
काठमाडौँ महानगरपालिका सेमीफाइनलमा : राज पौडेल ‘म्यान अफ दी म्याच’ घोषित
काठमाडौँ । उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका सेमी फाइनल चरणमा प्रवेश गरेको छ । आज भएको क्वाटर फाइनल खेलमा २–१ अन्तरले गोदावरी बी टीमलाई जितेपछि महानगरपालिकाको टीम सेमीफाइनल चरणमा पुगेको हो । महानगरपालिकाका लागि दुवै गोल राज पौडेलले गर्नुभएको थियो ।
पौडेललाई म्यान अफ दी म्याचका रुपमा ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । उहाँलाई गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले मेडल तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
महानगरपालिकाका टीम म्यानेजर नविन चित्रकारका अनुसार काठमाडौँ महानगरपालिकासँगै मध्यपुर थिमी, चन्द्रागिरी, र महालक्ष्मी नगरपालिका टीम सेमीफाइनल खेलमा पुगेका छन् ।
महानगरपालिकाको टीमले मध्यपुर थिमी नगरपालिकाको टीमसँग सेमीफाइनल खेल खेल्नेछ । यो खेल आउँदो मंगलबार हुनेछ ।
सेमीफाइनलको अर्को खेल महालक्ष्मी नगरपालिकाको टीम र चन्द्रागिरी नगरपालिकाको टीमका बिचमा हुनेछ । यी दुई खेलका ४ टोलीमध्ये जित्ने दुई टोलीका बिचमा फाइनल खेल हुनेछ ।
वैशाख १५ गते सुरु भएको खेल गोदावरी नगरपालिकाको वडा नं. १० टाहाखेल, झ्यालुन्टार खेल मैदानमा भइरहेको छ । यसअघि काठमाडौँ महानगरपालिकाले बुढानीलकण्ठ नगरपालिकालाई ४–३ अन्तरमा जितेको थियो । त्यस खेलको ९० औँ मिनेटसम्म पनि कुनै टोलीबाट गोल नभएपछि पेनाल्टीबाट काठमाडौँ महानगरपालिकाका लागि सरोज तामाङ्, मनिष सेढाईँ, असिम गुरुङ् र एरिक विष्टले गोल गर्नुभएको थियो । प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा महानगरपालिकाका खेलाडीले प्रतिस्पर्धामा छन् । खेलाडीहरुको व्यवस्थापन सामाजिक विकास विभाग र टीम म्यानेजर नविन चित्रकारले गर्नुभएको छ ।
प्रतियोगिताको बिजेता टीमलाई नगद ५ लाख रुपैयाँ, उपविजेता टीमलाई नगद ३ लाख रुपैयाँ, अनुशासित टीमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।
उत्कृष्ट गोलकिपर, डिफेन्सर, फरवार्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।
वैशाख २९ गते समापन कार्यक्रम हुनेछ ।

तस्विर : अनुप मगर
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App