वि.सं.: २०८२, कात्तिक २९ शनिबार
इ.स.: 2025 November 15,SATURDAY
वि.सं.: २०८२, कात्तिक २९ शनिबार
सरल, सहज र पहुँचयुक्त न्यायका लागि विकेन्द्रीत प्रणाली र मेलमिलाप, हाम्रा योजना हुन् - उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र आजदेखि न्यायिक संवाद सुरु भएको छ । पहिलो कार्यक्रम वडा नं. १५ को महिला सञ्जालले मंका खल भवनमा आयोजना गरेको थियो । कार्यक्रममा करिब ४ सय महिला सहभागी हुनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, विवाद सिर्जना हुनबाट बचाउनका लागि सचेतना कार्यक्रम, सिर्जना भएका विवादलाई परिवार र टोलमै मिलाउन प्रोत्साहन, यहाँबाट मिल्न नसकेको विवाद वडाको महिला सञ्जालमै मिल्न सकुन् । यसबाट दुवै पक्षले लाभ पाउन सकुन् भन्ने अभिलाषा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो । ‘विवाद हुनु कसैका लागि पनि ठिक होइन । कुनै कारणले विवाद भयो वा कोही पीडामा परेको छ भने यस्ता व्यक्तिहरुलाई कानुनी उपचारका लागि, गर्ने कि नगर्ने भनेर सोच्नु नपरोस् । सजिलै आउन र खुलेर कुरा गर्न सकुन् ।’ उहाँले यही लक्ष्य प्राप्त गर्न महिला सञ्जाल गठन गरिएको बताउनुभयो ।
‘कानुनका बारेमा सचेतना गराउनु पहिलो काम हो ।’ कार्यक्रममा वडा नं. १५ का अध्यक्ष इश्वरमान डंगोलले भन्नुभयो, ‘यसपछि सशक्तिकरणका काम गर्छौँ । यसरी प्रदान गरिएको सशक्तिकरणलाई आत्मनिर्भरतामा रुपान्तरण गर्ने योजनामा छौँ ।’ उहाँले आउँदो बर्ष यसप्रकारका कार्यक्रमहरुको संख्या बढाउने योजना रहेको उहाँको भनाइ थियो ।
महिला सञ्जालले लिखित र मौखिक दुवै प्रकारका विवाद ग्रहण गर्ने गरेको छ । महिला सञ्जालले गर्ने कामका बारेमा जानकारी दिँदै महिला सञ्जालकी संयोजक मैयाँलक्ष्मी महर्जनले भन्नुभयो, ‘प्रकृतिका आधारमा मेलमिलाप गराउने वा नगराउने निर्णय गर्छौँ ।’ उहाँका अनुसार वडामा आउने विवादहरुमा, जग्गा मिचेको, कोठा खाली गराउनु पर्ने, अदालत वा महानगरपालिकाले गरेको फैसला कार्यान्वयन गराइ पाउन, लेनदेन व्यवहार, पारिश्रमिक दिलाइ पाउने, व्यवसायिक क्रियाकलापले बस्तीमा असर गरेको, सम्बन्ध विच्छेद जस्ता विवादहरु आउने गरेको छन् ।
कार्यक्रममा महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले, महिलासँग सम्बन्ध राख्ने महानगरपालिकाले जारी गरेका कानुन र त्यसमा भएका व्यवस्थाका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । समाजमा घट्न सक्ने मसिना मसिना घटना, ती घटनाका सम्भावित पक्ष, उनीहरुको मनोविज्ञान र सहरी आचरणका अनेक पक्ष विश्लेषण गरेर कानुनमा व्यवस्था गरिएकोले आफूसँग सम्बन्धित विषय जान्न कानुन अध्ययन गर्न उहाँको सुझाव थियो ।
महिलाहरुको हकका लागि नेपालमा भएका कानुनी व्यवस्था र ती व्यवस्थाको कार्यान्वयनका विषयमा अधिवक्ता राममाया लामिछानेले प्रस्तुतिकरण गर्नुभएको थियो । कानुनमा भएका व्यवस्थाका बारेमा महिलाहरु जानकार हुन सके आफूमाथि हुने हिंसा र पीडाविरुद्ध काम गर्न बल प्राप्त हुने लामिछानेको भनाइ थियो ।
छलफलमा सहभागीहरुले १ जना व्यक्तिले जीवनमा कतिजनासँग विवाह गर्न पाउँछन्? कति जना विच्छेद गर्न पाउँछन्? न्याय माग्न जाँदा उता न उताको त भइँदैन? जस्ता प्रश्नहरु सोध्नुभएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App