वि.सं.: २०८२, पुस ९ बुधबार
इ.स.: 2025 December 24,WEDNESDAY
वि.सं.: २०८२, पुस ९ बुधबार
ल्याण्डफिल साइट पुग्ने सडक निर्माणका लागि समन्वय भइरहेको छ — प्रमुख शाह
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले ल्याण्डफिल साइट पुग्ने सडक निर्माणका लागि सडक विभागसँग समन्वय भइरहेको बताउनुभएको छ । आज काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । भेटका क्रममा प्रतिनिधिहरुले बर्खामा हुने सडक समस्याको कुरा उठाएपछि प्रमुख शाहले निर्माण हुन बाँकी रहेको सडक खण्ड चाँडै बनाइसक्न आफूले समन्वय गरिरहेको बताउनुभयो ।
काठमाडौँका सडकमा भएको सबै फोहोर उठाउन तपाईँहरुलाई कति समय लाग्छ? छलफलका क्रममा प्रमुख शाहले प्रश्न गर्नुभयो । उत्तरमा प्रतिनिधिहरुले पूर्ण क्षमतामा ढुवानी गर्न पाए ३ दिनभित्र फोहोर उठाइसक्ने बताउनुभयो ।
भेटमा फोहोरमैला व्यवस्थापन संघ, नेपाल (स्वमान) का महासचिव मीत्र घिमिरे र वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालले फोहोर बर्गीकरण गर्ने महानगरको योजनालाई प्रशंसा गर्नुभयो । महानगरको नीति र कार्यक्रमअनुसार हामीले पूरा गर्नुपर्ने दायित्व पूरा गर्न प्रतिवद्ध छौँ । उहाँहरुको भनाइ थियो ।
छलफलका क्रममा फोहोर ढुवानी गर्ने सवारी साधनबाट लिचेड चुहिने समस्या समाधान गर्ने विषय पनि उठेको थियो । हामी प्रतिवद्ध भएर सुधारका काम गछौँ तर केही थप समय लाग्न सक्छ । प्रतिनिधिहरुको भनाइ थियो ।
भेटका क्रममा फोहोरमैला संकलन, ढुवानी र अन्तिम व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App