Logo

धोवीखोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना 

धोवीखोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धोवी खोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । यस सम्बन्धी जानकारी दिँदै महानगरका प्रमुख बालेन्द्र शाहले, अनधिकृत फोहोर नफाल्न अनुरोध गर्नुभएको छ । 

‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार  २५ हजार रुपैयाँ जरिवाना गरेका छौँ ।’ प्रमुख शाहले भन्नुभएको छ, ‘कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ । यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पु¥याइदिनु भएकोमा धन्यवाद छ ।’ 

आगामी दिनहरुमा यस्ता कार्य नदोहो¥याउन आग्रह गर्दै प्रमुख शाहले यस्तो कार्य गरेको देखेमा अहिलेको जसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गर्नुभएको छ । 

  • प्रकाशित मिति: सोमबार २७ असर २०७९ १८:५९