वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
राष्ट्रिय स्तरका खेलकुदसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुसँग परामर्श बैठक सम्पन्न
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मंसिर १ गतेदेखि १७ वटा विधामा खेल प्रशिक्षण सुरु गर्ने भएको छ । स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी गराउने गरी कार्यक्रम सञ्चालन गर्न लागेको सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलले जानकारी दिनुभयो । यसका लागि १२ हजार १२१ जना विद्यार्थी आवेदनमार्फत इच्छा व्यक्त गरेका छन् ।
पोखरेलका अनुसार कार्तिकमसान्तभित्र छनोट प्रक्रिया सम्पन्न गर्ने योजना छ । छानिएका विद्यार्थीहरुलाई मंसिर १ गतेदेखि तालिम दिइनेछ । छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थीबिच हुनेछ । प्रतियोगिताका लागि भने संस्थागत विद्यालयका विद्यार्थीलाई पनि अवसर दिइनेछ । यसअन्तर्गत मंसिर, पुस र माघ गरी करिब ३ महिना तालिम दिएर माघको अन्तिम महिनामा प्रतियोगिता आयोजना गर्ने तयारी छ । जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी ४ समूहमा तालिम सञ्चालन हुनेछ । जुनियरमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई र सिनियरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराइनेछ । कक्षा १० का विद्यार्थीलाई भने खेलमा भन्दा एसइइको तयारीमा प्रोत्साहन गरिनेछ । खेलका तालिम चलाउन नियमित कक्षा अगाडि, पछाडि, विदाका दिन तथा लामो छुट्टीको अवधिलाई उपयोग गरिनेछ ।
यसरी आयोजना हुने प्रतियोगितालाई अन्तरराष्ट्रिय मापन पद्धतिअनुसार सञ्चालन गरिनेछ । यसमा हार र जितभन्दा पनि खेल क्षेत्रको प्रवर्धनका मानकहरुलाई नतिजा प्राप्तिको सूचक बनाइनेछ ।
यसका लागि राष्ट्रिय स्तरका खेलकुदसँग सम्बन्धित संघ महासंघका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर परामर्श बैठक सम्पन्न भएको छ । वैठकमा सहभागी प्रतिनिधिहरुले कार्यक्रमको स्वागत गर्दै भन्नुभयो, ‘सिकाइ प्रक्रियामा खेललाई महानगरपालिकाले प्राथमिकता राखेको छ । यो महत्वपूर्ण उपलब्धी हो । यसलाई निरन्तरता दिन तथा दिगो सञ्चालन गर्न महानगरपालिकाभित्र खेल प्रतिष्ठान बनाउनु पर्छ ।’
सहभागी खेल क्षेत्रका प्रतिनिधिहरुले महानगरपालिकाको योजनाका विषयमा जिज्ञासा राखेपछि पोखरेलले भन्नुभयो, ‘जगबाट खेल विकास गरेर राष्ट्रिय खेलमा योगदान गर्ने खेलाडी उत्पादनमा हाम्रो जोड छ । यसका लागि खेल र खेलाडीहरुबाट प्राप्त पृष्ठपोषणका आधारमा कार्यक्रम तर्जुमा गर्दै लगिनेछ ।’
प्रशिक्षणका लागि १७ विधाका खेल छानिएका छन् । यसरी छानिएका खेलहरु क्रिकेट, भलिबल, फुटबल, बक्सिङ्, तेक्वान्दो, खो–खो, एथलेटिक्स, बास्केटबल, टेवुल टेनिस, कराँते, पौडी, कवर्दी, इ–स्पोर्टस्, जुडो, व्याटमिन्टन, चेस र उसु हुन् ।
पुस्तकमा आधारित शिक्षण पद्धतिलाई परिमार्जन गरेर पुस्तकरहित शुक्रबारका कार्यक्रम सञ्चालन थालेसँगै विद्यार्थीहरुमा अध्ययनप्रति रुचि जागेको पाइयो ।
विद्यार्थीहरुको बौद्धिक र शारीरिक अवस्थामा रुपान्तरण पाइयो । यसरी प्राप्त गरेको उपलब्धीलाई संस्थागत र दिगो बनाउने क्रममा यस वर्षदेखि रचनात्मक विद्यालय कार्यक्रम सुरु भएको हो । कार्यक्रमका सञ्चालनका लागि प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाई अभिमुखीकरण प्रदान गरिनेछ ।
महानगरपालिकाले पुस्तकरहित शुक्रबारका कार्यक्रमअन्तर्गत कक्षा १ देखि कक्षा ३ सम्म ‘एकीकृत सिकाइ’, कक्षा ४ देखि ८ सम्मका बालबालिकाका लागि २२ वटा विधामा ‘सिर्जनात्मक सिकाइ’ तथा कक्षा ९ र १० का बालबालिकाका लागि १० विधामा ‘शिक्षामा सिप’ कार्यक्रम सञ्चालन गरिरहेको छ । कक्षा ११ र १२ मा ड्रोन र रोवोटिक्सका कक्षा सञ्चालन तयारी गरेको छ । कार्यक्रम महानगरपालिकाका सबै सामुदायिक विद्यालयमा कार्यान्वयन गरिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App