वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
वडा अध्यक्षले हामी पाँच र हाम्रा पाँचलाई मनन गरेर कार्य सम्पादन गर्दा राम्रो हुन्छ : प्रशिक्षक गोकर्ण शर्मा
काठमाडौँ । वडा अध्यक्षले ‘हामी पाँच र हाम्रा पाँच’ भन्ने सूत्रलाई मनन गरेर कार्य सम्पादन गर्नुपर्ने प्रशिक्षक गोकर्ण शर्माले सुझाव दिनुभयो । काठमाडौँ महानगरपालिका वडा नं. ७ ले आयोजना गरेको स्थानीय सरकार सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले जनप्रतिनिधिले आफ्नो वडा कार्यसमिति र पाँच प्रमुख जिम्मेवारीप्रति समान रूपमा जिम्मेवार हुनुपर्ने बताउनुभयो।
शर्माका अनुसार ती पाँच प्रमुख कार्यक्षेत्र हुन्— योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन, तथ्यांक अद्यावधिक तथा संरक्षण, विकास कार्य सञ्चालन, नियमन कार्य र सिफारिस तथा प्रमाणित गर्ने कार्य। उहाँले यी पाँच पक्षलाई मनन गरेर जिम्मेवारीपूर्वक काम गर्न सके जनप्रतिनिधि सफल बन्न सक्ने बताउनुभयो।
अभिमुखीकरण कार्यक्रममा वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीलाई राजस्व व्यवस्थापनसम्बन्धी विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा राजस्व अधिकार र बाँडफाँडका आधार, घरजग्गाको मूल्यांकनको मापदण्ड, कुन सम्पत्तिमा कर लाग्दैन भन्ने कानुनी व्यवस्था, कर र शुल्कबीचको भिन्नता र राजस्व प्रशासनमा वडा कार्यालयको भूमिकासम्बन्धी विषयहरू समेटिएका थिए।
कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहबीचको अन्तर्सम्बन्ध, सहकार्य र सहअस्तित्व, वार्षिक र आवधिक योजनाको अन्तर, सार्वजनिक सुनुवाइ र सामाजिक लेखापरीक्षण,बैठक व्यवस्थापन र निर्णयको मस्यौदा प्रक्रिया लगायतका विषयमा पनि जानकारी दिइएको थियो ।
वडा नं. ७ का अध्यक्ष विमल होडाले जनप्रतिनिधिको जिम्मेवारी निर्वाहका क्रममा निरन्तर सिकाइ अपरिहार्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सिकेर कहिले सकिँदैन, त्यसैले अभिमुखीकरण कार्यक्रम राखिएको हो।” उहाँका अनुसार कामको क्रममा कहिलेकाहीँ अन्जानमा नै बेरुजु देखिन सक्ने वा अख्तियारसम्म पुग्ने अवस्था आउने सम्भावना रहन्छ त्यसैले सफा नियतले काम गर्दा पनि कमजोरी हुन सक्ने भएकाले यस्ता कार्यक्रमले आत्ममूल्याङ्कन र सुधारका अवसर प्रदान गर्दछ ।
कार्यक्रममा काठमाडौँ महानगरका वडा नं. १, ६, ७, ८ र ३० का जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको थियो।
कार्यक्रममा जनप्रतिनिधिले सिफारिस गर्दा सावधानी अपनाउनुपर्नेमा जोड दिइएको थियो । जनप्रतिनिधिको सिफारिसलाई प्रायः गलत मानिँदैन भन्ने मान्यता भए पनि, गलत मनसाय भएका व्यक्तिका कारण कतिपय जनप्रतिनिधि र कर्मचारी जेलसमेत जानुपरेका घटनाहरू भएको बताइएको थियो। त्यसैले सिफारिस र प्रमाणिकरण कार्यमा नैतिकता, पारदर्शिता र कानुनी सावधानी आवश्यक रहेको बताइएको थियो।
त्यस्तै, प्रशिक्षणका क्रममा योजना तर्जुमा गर्दा दीर्घकालीन सोच हुनुपर्ने बताइएको थियो । योजना तर्जुमा गर्दा हामी कहाँ छौँ, हाम्रो सोच, लक्ष्य, रणनीति, नीति, कार्यक्रम र आयोजना के हुन् र हामी कहाँ पुग्ने हो भन्ने कुरा स्पष्ट हुनुपर्नेमा जोड दिइयो। दीर्घकालीन सोचसहित तर्जुमा गरिएको योजना नयाँ पुस्ताका लागि दिशानिर्देश बन्ने र समाजमा स्थायी प्रभाव पार्ने बताइएको थियो । दलित, अपाङ्ग, महिला अल्पसङ्ख्यकलगायत समुदायलाई समेट्ने समावेशी योजना निर्माण गर्नुपर्ने सुझाव पनि दिइएको थियो ।
कार्यक्रममा वडा कार्यालय सबैभन्दा नजिकको सरकारी सेवाप्रदायक निकाय भएकाले स्थानीयवासीलाई योजना र कार्यान्वयनमा सहभागी गराउँदा सेवामा पारदर्शिता, जिम्मेवारी र अपनत्व बढ्ने भएको हुँदा स्थानीय सहभागिता बढाउन सुझाव दिइएको थियो।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App