वि.सं.: २०८३, साउन २७ बुधबार
इ.स.: 2026 August 12,WEDNESDAY
वि.सं.: २०८३, साउन २७ बुधबार
वैठकमा रचनात्मक उद्योगको विकाससँगै काठमाडौँ फिल्म फेस्टिभल आयोजनाका विषयमा छलफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज ‘काठमाडौँ रचनात्मक कला परिषद’को पहिलो बैठक सम्पन्न भएको छ । रचनात्मक सहर सञ्चालन व्यवस्थापन कार्यविधि, २०८२ बमोजिम कला, संस्कृति, चलचित्र तथा रचनात्मक उद्योगसँग सम्बन्धित क्षेत्रलाई अन्तरसम्बन्धित बनाएर नीतिगत व्यवस्था गर्न गठित परिषदको यो पहिलो बैठक हो ।
बैठकका अध्यक्ष डंगोलले, काठमाडौँको छवि, यहाँको गरिमासँग जोडिएका रचनात्मक उद्योगको प्रवर्धन गर्न चलचित्र विधालाई माध्यमका रुपमा उपयोग गरिने बताउँदै अन्तरसंवाद, सहकार्यबाट रचनात्मक उद्योगको विकासमा काम गरिने बताउनुभयो । यस्तै सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले, स्थानीय जीवनलाई राष्टिय, अन्तर्राष्टिय मञ्चमा जोड्दै लगिने योजना रहेको बताउनुभयो ।
महानगरपालिकाका प्रमुखको अध्यक्षतामा गठन भएको परिषदमा महानगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता, सम्पदा तथा पर्यटन समितिका संयोजक, चलचित्र विकास बोर्डका अध्यक्ष, नेपाल पर्यटन बोडृका कार्यकारी निर्देशक सदस्य हुनुहुन्छ । कला, संस्कृति तथा रचनात्मक उद्योग क्षेत्रमा अनुभव भएका व्यक्तिबाट प्रमुखले मनोनित गरेका ५ जना व्यक्ति सदस्य रहने परिषदमा सम्पदा तथा पर्यटन विभागका प्रमुख सदस्य सचिव हुनुहुन्छ ।
रचनात्मक उद्योग, चलचित्र निर्माण, प्रवर्धन तथा प्रदर्शनसँग सम्बन्धित वार्षिक, मध्यकालीन, दीर्घकालीन नीति, योजना तथा कार्यक्रम स्वीकृत गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय आयामसँग काठमाडौँको सम्बन्ध स्थापना, विकास र विस्तार गर्ने, चलचित्र उत्पादनसँग सम्बन्धित कार्यमा अन्तर्राष्ट्रिय क्षेत्रलाई काठमाडौँमा आकर्षित गर्न नीतिगत व्यवस्था गर्ने परिषदका मुख्य काम, कर्तव्य र अधिकार हुन् । यस्तै रचनात्मक उद्योगका लगानीकर्ता, निर्माता, कलाकार तथा प्राविधिक अनुकुल कार्यस्थल निर्माण गर्ने, रचनात्मक उद्योग सम्बद्ध विषयमा अध्ययन, अनुसन्धानमा सहयोग गर्ने, कला, संस्कृति र पराम्पराको विकासका लागि स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको अनुभव, ज्ञान, सिप र क्षमता आदानप्रदान गर्ने, महानगरपालिका तथा महानगरबासीको पहिचान तथा गरिमा प्रवर्धन गर्ने, युनेस्को तथा सो अन्तर्गतका रचनात्मक सहर सञ्जालमा आबद्ध भएका सदस्य सहरहरुसँग समन्वय र सहकार्य गर्ने, मूर्त, अमूर्त कला, साहित्य, सिर्जनाको विकास, विस्तार तथा रचनात्मक उद्योगका रुपमा प्रवर्धन गर्ने काम परिषदका क्षेत्राधिकार भित्रका काम हुन् ।
काठमाडौँ महानगरपालिकाको मौलिकता र प्राचीनतासँग जोडिएका लोककला, परम्परागत खाना, भेषभुषा, शिल्प तथा कला, साहित्य–सङ्गीत जस्ता मूर्त अमूर्त सम्पदा तथा प्राकृतिक सम्पदाको गरिमा प्रवर्धन गर्न रचनात्मक सहर सञ्चालन व्यवस्थापन कार्यविधि जारी गरेको हो । मनोरञ्जनात्मक क्षेत्र अन्तर्गतको चलचित्र विधालाई सिर्जनशील, सांस्कृतिक एवम् रचनात्मक उद्योगका रुपमा विकास गरी संरक्षण, सम्वर्धन तथा प्रवर्धनका कार्यक्रम सञ्चालन यसका उद्देश्य हुन् ।
काठमाडौँ युनेस्को क्रियटिभ सिटिज नेटवर्कमा चलचित्र विधाबाट सदस्य नगर बनेपछि रचनात्मक उद्योगका काम थालिएका हुन् ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App