वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
जीवनशैलीका कारण सिर्जित समस्या आफैँ समाधान गर्न परामर्श सेवा
काठमाडौँ । सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, वडा नं. २२ ले आयोजना गरेको ३ दिने हाडजोर्नी, नशा तथा फिजियोथेरापी निःशुल्क शिविरमा ३१० जना विरामीले सेवा लिनुभएको छ । यसमा ७१ जना हड्डी खिइएका विरामी, २५ जना नशा च्यापिएका, ढाड, कम्मर र गर्धनमा समस्या भएका, ५१ जना वुढ्यौलीका कारण हड्डी कमजोर भएका, हड्डी मक्किएका, २८ जना पैताला दुख्ने, पोल्ने भएका, ३१ जना बाथरोग र युरिक एसिड भएका, ९५ जना हाडजोर्नी दुख्ने समस्या भएका विरामी हुनुहुन्थ्यो । यस्तै हड्डी खिइएर तथा नशा च्यापिएर अपरेसनका गर्नुपर्ने भएकोले ९ जनालाई रिफर गरिएको जनस्वास्थ्य निरीक्षक सुजन भण्डारीले जानकारी दिनुभयो ।
उहाँहरुमध्ये २८० जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको थियो ।
प्रवर्धन केन्द्रमा फिजियोथेरापी सेवा नियमित चलिरहेको छ । यसमा दैनिक २० जनासम्मले सेवा लिइरहनुभएको छ । भण्डारी भन्नुहुन्छ, ‘पहिले दुख्ने पोल्ने समस्या पाको उमेरसँग जोडेर हेर्ने गरिन्थ्यो । खानपान र जीवनशैलीका कारण अहिले युवा र प्रौढहरुमा पनि समस्या देखिएको छ ।’
महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट प्रवर्धनात्मक स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क फिजियोथेरापी सेवा प्रदान गरिरहेका छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App