वि.सं.: २०८३, साउन ३० शनिबार
इ.स.: 2026 August 15,SATURDAY
वि.सं.: २०८३, साउन ३० शनिबार
स्वयम्भू क्षेत्रका स्थानीयको मर्का, ‘हामी बाँदरसँग जुध्न सक्दैनौँ, व्यवस्थापन गरिदिनोस्’
काठमाडौँ । बाँदरसँग आफूहरु जुध्न नसक्ने बताउँदै स्वयम्भू क्षेत्रका स्थानीयबासीले बाँदर व्यवस्थापन गरिदिन काठमाडौँ महानगरपालिकासँग अनुरोध गर्नुभएको छ । आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको कार्यकक्षमा भएको वैठकमा उहाँहरुले बाँदरसँग सम्बन्धित मर्का सुनाउँदै भन्नुभयो, ‘छिनछिनमा आतंक मच्चाउँछन् । हुलका हुल, बथानका बथान घरभित्र छिर्छन् । एक पटक घरमा पस्यो भने ५ हजार रुपियाँदेखि १० हजार रुपियाँसम्मको क्षति गर्छन् । घरबाट फलफुलको बास्ना आयो भने त झन उग्र हुन्छन् । र, जसरी पनि घरभित्र छिर्न खोज्छन् ।’ बाँदर र मानव बिचको द्वन्द्व सुनाउँदै उहाँहरुले भन्नुभयो, ‘अरु मानिसहरु चिडियाखानामा गएर तारबारभित्रका जंगली जनावर हेर्छन् । हामी स्वयम्भूबासी चाहिँ घरमा तारबार गरेर भित्र छौँ । हामीलाई बाँदरले बाहिरबाट घरमा भए नभएको हेर्छन् । हामी बाँदर विरोधी होइनौँ । ती बाँदर नास्नु पर्छ भन्ने होइन । तर, उनीहरुको आतंकमा बस्न सक्ने अवस्थामा रहेनौँ । यसकारण व्यवस्थापन नगरी हुँदैन ।’
उहाँहरुको कुरा सुनिसकेपछि कार्यवाहक प्रमुख डंगोलले, बाँदरहरुको मानवीय व्यवस्थापनमा तत्काल गर्न सकिने कामका लागि पीडामा रहेका स्थानीय, वन्यजन्तु विज्ञ र सरोकारवालाका बिचमा छलफल गरेर दिगो समाधान खोजौँ । अहिलेका लागि तत्काल गर्न सकिने व्यवस्थापनको नमूना कार्यक्रम थालनी गरौँ ।’ उहाँले भन्नुभयो, ‘अध्ययन गरेर कार्ययोजनाका साथ द्वन्द्व व्यवस्थापनको काम गरौँ । यसले दिगोपना प्रदान गर्नेछ ।’
‘बाँदर व्यवस्थापनलाई हेर्ने दृष्टिकोण फरक फरक भएकाले यस अघि विभिन्न चरणमा वडा स्तरमा गरिएका छलफलले निष्कर्ष दिन सकेन ।’ वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले भन्नुभयो, ‘कार्यविधि बनाउने प्रयास पनि गरेका थियौँ । व्यवस्थापनको काम संघ सरकारको हो कि स्थानीय सरकारको हो? भन्ने प्रश्नको जवाफ पत्ता लगाउन नसकेर कार्यविधि पनि बनाउन सकिएन । अब महानगरपालिकाबाट यसको समाधान आउने कुरामा विश्वस्त छौँ ।’
‘त्रिपुरेश्वर क्षेत्रका बाँदर रातो रंगप्रति आक्रामक छन् । बाटो हिँड्नेलाई चिथोर्ने, टोक्ने गर्छन् ।’ थापाथली तथा त्रिपरेश्वर क्षेत्रमा बाँदरले दिएको समस्या सुनाउँदै वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारले भन्नुभयो, ‘समाधान नदिने तर समस्या मात्र देखाइरहने विज्ञका कारण काम गर्न सकिएन ।’
बैठकमा प्रस्तुतिकरण गर्दै स्थानीय श्याम प्रधानले अहिले स्वयम्भू क्षेत्रमा १० समूहमा करिब १ हजार ७ सयको संख्यामा बाँदर रहेको जानकारी दिनुभयो । गएको कोभिड (२०७५/०७६) तिर झण्डै १ हजार २० वटा, २०८०/०८१ तिर १ हजार १७९ वटा बाँदर भएकोमा अहिले ह्वात्तै बढेको प्रधानको भनाइ छ । उहाँका अनुसार यहाँ पाइने बाँदर ओल्ड वल्र्ड प्रजातिका हुन् ।
छलफलमा बाँदर बसोबासको अनुकुल वातावरणका विषयमा छलफल गर्दै, पानीसँगको सामीप्यता उनीहरुको आधारभूत आवश्यकता भएको बताइयो । उनीहरु खान पाउञ्जेल शान्त रहन्छन् । खान नपाए आक्रामक बन्छन् । टोक्नु पर्ने, चवाउनु पर्ने खानेकुरामा उनीहरुको रुचि हुन्छ । उनीहरु विभिन्न खालका किरा पनि खान्छन् ।
मान्छे जस्तै गरेर बाँदरलाई अनुहारका आधारमा पहिचान गर्न सकिन्छ । बाँदर व्यवस्थापनको कुरा गर्दै बैठकमा, स्वयम्भू क्षेत्रका विभिन्न ठाउँमा जमिनको स्वरुप, रुख तथा विरुवाको जीवन नबिगारी केज बनाउन सकिने र यसमा उनीहरुको रुचि अनुसारका जीवन दिएर व्यवस्थापन गर्न सकिने सुझाव दिइएको छ ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App