वि.सं.: २०८२, पुस १८ शुक्रबार
इ.स.: 2026 January 2, FRIDAY
वि.सं.: २०८२, पुस १८ शुक्रबार
काठमाडौँ महानगरपालिकामा आज शोक विदा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाका पूर्व प्रमुख पिएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । आज विहान चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै उहाँहरुले पूर्व प्रमुखको पार्थिव शरीरलाई विदाइ र शोक सन्तप्त परिजनमा समवेदना प्रकट गर्नुभयो । उहाँहरुसँगै प्रवक्ता नविन मानन्धर, विषयगत समितिका संयोजकहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु र कर्मचारीहरुले पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।
पूर्व प्रमुख सिंहको ८८ वर्षको उमेरमा आज विहान निधन भएको हो । पछिल्लो समय उपचारसँगै उहाँ ठमेल चाक्सीबारी निवासमा आराम गर्नुहुन्थ्यो । पेटमा अल्सर भएपछि गएको वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।
वि. सं. १९९६ चैत ११ गते जन्मनुभएका सिंह २०४९ सालमा भएको स्थानीय निर्वाचनबाट काठमाडौँ नगरपालिकाका प्रमुखका रुपमा निर्वाचित हुनुभएको थियो । उहाँकै कार्यकाल २०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।
सिंहले राजनीतिक र सामाजिक जीवनबाट रुपान्तरणका लागि गर्नुभएको योगदानको सम्मान गर्दै काठमाडौँ महानगरपालिकाले आज शोक विदा दिएको छ ।


तस्विरहरु : न्युज एजेन्सी नेपाल र नविनबाबु गुरुङ
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App