वि.सं.: २०८२, पुस १८ शुक्रबार
इ.स.: 2026 January 2, FRIDAY
वि.सं.: २०८२, पुस १८ शुक्रबार
साविक स्थानीय निकायलाई ‘निर्णय गर्ने’ र ‘निर्णय कार्यान्वयन गर्ने’ अधिकार प्रदान गर्न स्व. सिंहको अहम योगदान
काठमाडौँ । पूर्व प्रमुख स्व. पिएल (प्रेमलाल) सिंहलाई मंसिर २९ गते काठमाडौँ महानगरपालिकाकाले सम्मानित गरेको थियो । उहाँको कार्यकालमा घोषणा भएको महानगर ३० औँ वर्ष प्रवेश अवसरमा उहाँलाई मंसिर २९ गते सम्मान प्रदान गरिएको थियो । काठमाडौँ नगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्नुभएको, ‘स्थानीय स्वायत्तता’ र ‘स्वशासन’ प्रवर्धनका लागि पदमा रहेर वा नरहेर जुनसुकै अवस्थामा पनि योगदान गर्नुभएका कारण उहाँलाई सम्मान गरिएको हो । स्वास्थ्य प्रतिकुलताका कारण सम्मान ग्रहण गर्न आफैँ समारोहमा आउन सक्नुभएको थिएन । शुभेच्छा प्रकट गर्नुभएको थियो । त्यसको २ दिन नसकिँदै सिंह भूलोक छोडेर परलोक प्रस्थान गर्नुभयो ।
प्रजातन्त्र पुनःस्थापना भएपछि भएको स्थानीय निर्वाचनबाट पहिलो प्रमुखका रुपमा निर्वाचित भएपछि उहाँको दृष्टि स्थानीय स्वायत्ततामा थियो । उहाँ भन्नुहुन्थ्यो (वि.सं. २०५४ अगाडिको सन्दर्भमा), ‘स्थानीय निकायलाई आफ्ना नागरिकको सेवा र सहजताका लागि आफैँ ‘निर्णय गर्ने’ र आफूले गरेको ‘निर्णय कार्यान्वयन’ गर्ने अधिकार चाहिन्छ । यो स्वायत्तता हो । यसप्रकारको स्वायत्तता प्राप्त भएपछि मात्र स्थानीय निकायमा स्वशासन हुन्छ । आफूले निर्णय गरेपछि कार्यान्वयन गराउन राष्ट्रसेवकसँगै नगर प्रहरीको व्यवस्था गर्नुपर्छ । काठमाडौँ उपत्यकालाई जोडेर मेट्रो बनाउनु पर्छ । एउटै उपत्यकाभित्र धेरै प्रशासनिक एकाइमा अधिकार छरिँदा काम गर्न र नतिजा ल्याउन कठिन हुन्छ ।’
स्थानीय स्वायत्त शासन ऐन २०५५ जारी हुनुमा स्व. सिंहको महत्वपूर्ण भूमिका छ ।
पूर्व प्रमुख सिंहको आज विहान आफ्नै निवासमा निधन भयो । उहाँको पार्थिव शरीरमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाका श्रद्धाञ्जली अर्पण गर्नुभयो । चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै उहाँहरुले पूर्व प्रमुखको पार्थिव शरीरलाई विदाइ र शोक सन्तप्त परिजनमा समवेदना प्रकट गर्नुभयो । उहाँहरुसँगै प्रवक्ता नविन मानन्धर, विषयगत समितिका संयोजकहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु र कर्मचारीहरुले पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।
वि. सं. १९९६ साल चैत ११ गते जन्मनुभएका सिंह पछिल्लो समय उपचारसँगै उहाँ ठमेल चाक्सीबारी निवासमा आराम गरिरहनुभएको थियो । पेटमा अल्सर भएपछि गएको वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App