वि.सं.: २०८२, पुस १८ शुक्रबार
इ.स.: 2026 January 2, FRIDAY
वि.सं.: २०८२, पुस १८ शुक्रबार
आज दिउँसो १ बजे लखतीर्थमा अन्तिम संस्कार गरिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख पिएल सिंहको असामयिक निधनमा आज महानगरपालिका र मातहतका कार्यालयमा सार्वजनिक विदा दिइएको छ । ८८ वर्षिय सिंह विगत लामो समयदेखि अस्वस्थ्य हुनुहुन्थ्यो । उपचारसँगै ठमेल चाक्सीबारी निवासमा आराम गर्नुहुन्थ्यो । उपचारका क्रममा गएको वर्ष उहाँको पेटको शल्यक्रिया भएको थियो ।
सिंह २०४९ सालमा भएको स्थानीय निर्वाचनबाट काठमाडौँ नगरपालिकाका प्रमुखका रुपमा निर्वाचित हुनुभएको थियो । उहाँकै कार्यकाल २०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।
सिंहको पार्थिक सरीर विहान ११ बजेसम्म निजी निवासमा राखिनेछ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि सानेपामा १ घण्टा राखिनेछ । दिउँसो १ बजे विष्णुमती नदी किनारामा रहेको लखतीर्थमा अन्तिम संस्कार हुनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App