वि.सं.: २०८२, माघ १६ शुक्रबार
इ.स.: 2026 January 30, FRIDAY
वि.सं.: २०८२, माघ १६ शुक्रबार
४ हजार ६२९ जनालाई कक्षा ११ मा छात्रवृत्ति प्रदान हुने
काठमाडौँ । कक्षा ११ को छात्रवृत्ति प्रवेश परीक्षामा ९०.०२ प्रतिशत विद्यार्थी सहभागी भएका छन् । परीक्षार्थीमध्ये आचरण पालना नगर्ने २ जनाको परीक्षा रद्द गरिएको छ । आज विहान ८ बजेबाट थालिएको परीक्षाका लागि ३८ वटा केन्द्र तोकिएका थिए । नतिजा आइतबार प्रकाशन गर्ने तयारी गरिएको छ ।
शैक्षिक सत्र २०८१/८२ मा प्राप्त हुने ४ हजार ६२९ वटा छात्रवृत्ति कोटामध्ये ११ हजार ८७१ जना विद्यार्थीहले आवेदन दिनुभएको थियो । उहाँहरुमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो । प्रमुखको सचिवालय सल्लाहकार सस्मित पोखरेलकाअनुसार प्रमाणित भएका आवेदनमध्ये विज्ञान विषयका लागि ८ हजार ४९७, व्यवस्थापन विषयका लागि २ हजार ५८१, कानुन विषयका लागि १५३, मानविकी विषयका लागि १३ र शिक्षा विषयका लागि ३७ जना विद्यार्थीका छन् । छात्रवृत्ति प्राप्त गर्ने योग्यता देखिने कागजपत्र प्राप्त नभएका आवेदन अस्वीकृत भएका हुन् ।
पोखरेलका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीले प्रवेश परीक्षा प्राप्त गर्दा जुन विधि अपनाएका थिए, त्यही विधिबाट नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ । महानगरपालिकाले समग्र योग्यताको सूची पनि प्रकाशन गर्नेछ ।
परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिएका थिए ।
छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवेदन दिन महानगरपालिकाले असार १५ गते विहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको थियो । यस प्रणालीबाट असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन लिइएको थियो ।
कुन विषयका लागि कति कोटा
यो वर्ष सबै भन्दा धेरै अर्थात् २४ सय ९३ जना विद्यार्थीले व्यवस्थापन विषयमा छात्रवृत्ति पाउनुहुनेछ । यस्तै १ हजार ७५७ जनाले विज्ञान विषयमा, १७३ जनाले मानविकी विषयमा, १३६ जनाले कानुन विषयमा र ७० जनाले शिक्षा विषयमा छात्रवृत्तिमा पाउनुहुनेछ ।
विद्यालयमा गएको वर्ष विद्यार्थी भर्नाको अनुपात, भौतिक क्षमतालगायत सूचकका आधारमा यस वर्षका लागि छात्रवृत्ति कोटा निर्धारण गरिएको हो ।
महानगरपालिका भित्रका शिक्षण संस्था
महानगरपालिका क्षेत्रभित्र ३९० वटा संस्थागत शिक्षण संस्था सञ्चालनमा छन् । जसमध्ये १०४ वटा विद्यालयमा विज्ञान विषय, १७० वटामा व्यवस्थापन, ४७ वटामा कानुन, १८ वटामा शिक्षा र ५१ वटा विद्यालयमा मानविकी विषय अध्यापन हुने गरेको छ ।
तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App