वि.सं.: २०८३, असोज २७ मंगलबार
इ.स.: 2026 October 13,TUESDAY
वि.सं.: २०८३, असोज २७ मंगलबार
'खेललाई वडा स्तरबाट उठाएर महानगर स्तरमा लैजान्छौँ' – वडाध्यक्ष के. सी.
काठमाडौँ । खोटाङका धिरेन राईले दोस्रो काठमाडौँ १० वडा अध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगिताको उपाधि हासिल गर्नुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं. १० ले शनिवार र आइतबार २ दिन आयोजना गरेको वडाध्यक्ष कप चेस प्रतियोगिता स्विस लिग प्रणालीमा सञ्चालन भएको थियो । ९ चरणमा आयोजना भएको प्रतियोगितामा धिरेनले ८ दशमलव ५ अङ्क जोड्नु भएको थियो ।
झापाका ज्वाला लिम्बुले ८ अङ्क सहित दोस्रो स्थान पाउनुभयो । मकवानपुरका क्षितिज भण्डारी ७ दशमलव ५ अङ्क सहित तेस्रो स्थान हासिल गर्नुभयो । समान अङ्क भएका भक्तपुरका निकेन कुसाथा चौथो हुनुभयो । यसै गरी रौतहटका सुमन लामा पाँचौँ तथा राजेन्द्रप्रसाद श्रेष्ठ छैटौँ हुनुभयो ।
प्रतियोगितामा ७ अङ्क भएका रिसन थापा, मिसन दाहाल, शैलेन्द्र न्यौपाने र प्रकाश चन्द्र नेपाल शीर्ष १० स्थानमा रहनुभयो ।
प्रतियोगितामा २ सय २० जना खेलाडीको सहभागिता थियो । प्रतियोगिता समापन अवसरमा वडाध्यक्ष एवं महानगरपालिकाको सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले उपाधि विजेतालाई २६ हजार २ सय ५० र उप विजेताले २२ हजार ५ सय रुपियाँ पुरस्कार प्रदान गर्नुभयो ।
तेस्रो स्थान हासिल गर्नेलाई १८ हजार तथा चौथो हुनेलाई ११ हजार २ सय ५० रुपियाँ पुरस्कार प्रदान गरियो । पाँचौँ देखि १० औ स्थान पाउनेले ७ हजार ५ सय रुपियाँ पुरस्कार पाउनुभयो । पुरस्कार वितरण गर्दै वडाध्यक्ष के. सी. ले प्रतियोगितालाई महानगर स्तरमा आयोजना गर्ने योजना रहेको बताउनुभयो ।
महिलातर्फ राधिका पौडेलले पहिलो स्थान हासिल गर्नुभयो । यस्तै कुसुम घिसिङले दोस्रो र अग्रता आचार्यले तेस्रो स्थान हासिल गर्नुभयो ।
वडा सचिव सुबोध खड्काका अनुसार प्रतियोगितामा ६ वर्षदेखि ७५ वर्ष माथिका खेलाडी सहभागी हुनुभएको थियो । वडाबाट आयोजना हुने यसप्रकारका खेल प्रतियोगिताले नेपाली बुद्धिचाललाई नयाँ आयाम दिने कार्यक्रमका निर्देशक इन्द्र बस्नेतले प्रतिक्रिया दिनुभयो ।
प्रतियोगितामा थापाथली पार्क चेस क्लबले प्राविधिक सहयोग गरेको थियो ।






निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App