वि.सं.: २०८२, माघ २० मंगलबार
इ.स.: 2026 February 3,TUESDAY
वि.सं.: २०८२, माघ २० मंगलबार
‘संगीत’, ‘नृत्य’, र ‘नाट््य’ विधा सिकाउन सांस्कृतिक संस्थान सहकार्यका लागि तयार
काठमाडौँ । सामुदायिक विद्यालयमा सञ्चालन गरिएको पुस्तकरहित शुक्रबार ‘बुक फ्री फ्राइडे’ कार्यक्रमका मुख्य कार्यान्वयनकर्तालाई उहाँहरुको भूमिकाका विषयमा अभिमुखीकरण प्रदान गरिएको छ । असोज ९ र १० गते विद्यालयका प्रधानाध्यापक र विभिन्न उपसमुहका फोकल शिक्षकलाई गरी ७ सय जनालाई बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालनबाट अपेक्षित उपलब्धी, उपलब्धी हासिल गर्न तर्जुमा गरिएको कार्यान्वयन कार्ययोजना र कार्यक्रम कार्यान्वयनका अवसरमा विषयमा कक्षा सञ्चालन गरिएको थियो ।
महानगरपालिकाले तयार पारेका दस्तावेजहरु अध्ययन गर्न र सुझाव दिन चाहनुहुन्छ भने तलको क्यूआर कोड स्क्यान गरेर सामग्री प्राप्त गर्नुहोस् । पृष्ठपोषण पठाउनु परे shailendra@kmcdoe.edu.np मा इमेल पठाउनुहोस् ।
‘यो कार्यक्रम विद्यालय शिक्षा सुधारको सपना देख्ने सबैको साझा कार्यक्रम हो । यसबाट विद्यार्थीले आफ्नो क्षमता थाहा पाउन सक्छन् । परिवार र समाज बुझ्न सक्छन् ।’ वुक फ्री फ्राइडे कार्यक्रम सञ्चालन, प्राप्त उपलब्धी र आगामी बाटोका बारेमा कुरा गर्दै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भन्नुभयो, ‘अहिलेसम्म प्राप्त भएका उपलब्धीलाई हामीले सार्वजनिक दस्तावेजका रुपमा विकास गरेका छौँ । यसलाई थप वैज्ञानिक, परिपक्व र समयको मागबमोजिमको बनाउन जोकोहीले पनि सुझाव दिन सक्नुहुन्छ । हामी ग्रहण गरेर कार्यान्वयन योग्य सुझावलाई तत्काल कार्यान्वयनमा लैजान्छौँ ।’ कार्यक्रमको आयाममा कुरा गर्दै शिक्षा अधिकृत केशव ज्ञवालीले भन्नुभयो, ‘बुक फ्री फ्राइडे कार्यक्रम कार्यान्वयनले विद्यार्थीसँगै शिक्षकहरुको पनि दक्षता बढ्दै जान्छ । यसकारण यो आयामिक कार्यक्रम हो ।’
संस्थानका महाप्रबन्धक किरणबाबु पुनले महानगरपालिकाले सञ्चालन गरेको कार्यक्रमअन्तर्गत संगीत, नृत्य र नाट््य विधामा संस्थान सहकार्यका लागि तत्पर रहेको धारणा राख्नुभयो । महानगरपालिकाको दीर्घकालीन सोच ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ लाई सार्थक बनाउन संस्थान साझेदार हुन सक्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा संस्कृत माध्यमिक विद्यालयका संगीत तथा नृत्य उपसमूहका विद्यार्थीहरुले गायन, नृत्य तथा मादल बादन कला प्रस्तुत गरेका थिए । यस्तै सांस्कृतिक संस्थानका कलाकारहरुले मञ्जुश्री नृत्य र घिन्तामै नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमले विद्यार्थीहरुमा पढाइप्रति रुचि बढेको छ । सिर्जनात्मक सिप, नेतृत्व र व्यक्तित्व विकासमा सुधार आएको छ । कार्यक्रममा प्रधानाध्यापक सुदाम गौत्तम, स्रोत शिक्षक रश्मि तामाङ र फोकल शिक्षक पवित्रा सुवेदीले सार धारणा राख्नुभयो ।
बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत महानगरपालिकाले कक्षा १ देखि कक्षा ३ सम्म ‘एकीकृत सिकाइ’, कक्षा ४ देखि ८ सम्मका बालबालिकाका लागि २२ वटा विधामा ‘सिर्जनात्मक सिकाइ’ तथा कक्षा ९ र १० का बालबालिकाका लागि १० विधामा ‘शिक्षामा सिप’ कार्यक्रम सञ्चालन गरिरहेको छ । कक्षा ११ र १२ मा ड्रोन र रोवोटिक्सका कक्षा सञ्चालन तयारी गरेको छ । कार्यक्रम महानगरपालिकाका सबै सामुदायिक विद्यालयमा कार्यान्वयन गरिएको छ ।
सिर्जनात्मक सिकाइ (कक्षा ४–८) का उपसमूहहरु
यी कक्षाहरुमा हरेक शुक्रबार सिर्जंनात्मकता, रचनात्मकता विकास लागि क्रियाकलाप हुन्छन् । यसका लागि २२ वटा विषय राखिएका छन् । हरेक विषयलाई एउटा उपसमूह मानिएको छ । विद्यार्थीहरुको संख्या र रुचि, विद्यालयको परिवेश, शिक्षक, प्रधानाध्यापक र सम्बन्धित सरोकारवालाको सुझावका आधारमा यी विषय तथा उपसमूह निर्धारण गरिएका हुन् ।
विषयहरु ः १) बालबालिका तथा वातावरण (वावा), २) विज्ञान, प्रविधि, इन्जिनियरिङ, आर्टस र गणित (स्टिम), ३) स्काउट, ४) नृत्य, ५) संगीत, ६) पठन संस्कार (रिडिङ् कल्चर), ७) योग, ८) म्युरल (भित्ते चित्र), ९) व्यक्तित्व विकास, १०) नाट््य, ११) कथा वाचन (स्टोरी टेलिङ्), १२) क्यामरा एण्ड टेक्नोलोजी (फिल्म मेकिङ्,) १३) विपद व्यवस्थापन, १४) संस्कृति र सम्पदा, १५) ट्राफिक व्यवस्थापन, १६) चारित्रिक नेतृत्व (क्यारेक्टराइस्टिक लिडरसिप), १७) उद्यमशीलता सोच, १८) कोडिङ्, १९) नेतृत्व विकास सोच प्रशिक्षण, २०) एनिमेसन र गेमिफिकेशन, २१) लर्निङ् थ्रु लेन्स अफ फिल्म (विषयलाईको विषयका रुपमा हेर्ने सिप) र २२) ड्रोन
शिक्षामा सिप (कक्षा ९ र १० का लागि)
९० घण्टे (छोटो अवधिका) सिपमूलक तालिम कक्षा हुन् । जीवनउपयोगी र पेशासँग सम्बन्धित सिपका आधारभूत पक्षमा विद्यार्थीहरुलाई परिचित गराउन बुक फ्री फ्राइडेअन्तर्गत हरेक शुक्रबार यी तालिम कक्षाहरु सञ्चालन हुने गरेका हुन् ।
विषयहरु ः १) कृषि तथा सहरी खेती, २) सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), ३) काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), ४) पाक कला, ५) फेसन डिजाइन र कपडा निर्माण, ६) तार र विजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल), ७) विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, ८) मोवाइल र विद्युतीय सामान मर्मत, ९) पाइप जडान तथा मर्मत र १०) कला र मूर्तिकला
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App