वि.सं.: २०८३, असोज १२ सोमबार
इ.स.: 2026 September 28,MONDAY
वि.सं.: २०८३, असोज १२ सोमबार
हिंसा बुझ्न सक्ने र प्रतिरोध गरेर हिंसाबाट आफूलाई बचाउन सक्ने बनाउनु तालिमको उद्देश्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले पहिलो चरणमा सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत ४ सय जना छात्रालाई आत्मरक्षा सम्बन्धी तालिम दिने भएको छ । छात्राहरुलाई हिंसा बुझ्न सक्ने बनाएर हिंसामा परेका बेला आफूलाई घटनाबाट बचाउन सक्ने बनाउनु तालिमको उद्देश्य हो । यो तालिम २ दिनको हुनेछ ।
महानगरपालिकाभित्रका १० वटा विद्यालयमा यो तालिम चल्नेछ । हरेक विद्यालयबाट ४० जना छात्रालाई तालिममा सहभागी गराइनेछ ।
परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख सुशील सुवेदीका अनुसार शिवपुरी, जनकल्याण, रत्नराज्य, विश्व निकेतन, ज्ञानोदय, जनपथ, जनजागृति ज्ञान रश्मि, तरुण, कन्या र पद्मकन्या विद्याश्रम मा. वि. मा तालिम सञ्चालन हुनेछ ।
नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट एशोसिएनका प्रमुख प्रशिक्षक सञ्जु महर्जनका अनुसार हिंसा के हो भन्ने बुझ्न सक्ने बनाउनु नै यसको मुख्य लक्ष्य हो । यसमा गलत नियतले छोएको, गलत नियतले हेरेको पहिचान गर्न सिकाइन्छ । यस्तै यस्ता गलत नियत भएका व्यक्तिहरुको आक्रमणबाट आफ्नै हात र खुट्टाको प्रयोग गरेर कसरी बच्ने भन्ने सिप सिकाइन्छ । यसमा सैद्धान्तिक कुरा कम र प्रयोगात्मक सिप धेरै सिकाइन्छ ।
कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गरेर क्रमशः सबै विद्यार्थीहरुलाई तालिम प्रदान गरिने महाशाखा प्रमुख सुवेदीले योजना सुनाउनुभयो ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App