वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
एकीकृत डिजिटल सेवाका विषयमा वडाका परामर्शदातालाई तालिम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको एकीकृत विद्युतीय सेवा प्रणालीका विषयमा परामर्शदाताहरुलाई तालिम दिइएको छ । आज राष्ट्रिय सभा गृहको कम्प्युटर प्रयोगशालामा उहाँहरुलाई भेला गराएर इ—शिफारिस, दर्ता चलानीलगायत प्रणाली सञ्चालन गर्न तालिम दिइएको हो । प्रणाली कार्यान्वयनमा सहजीकरण गर्न हरेक वडामा सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरेका एक एक जना परामर्शदाता नियुक्त भएका छन् । उनीहरुले प्रणाली सञ्चालनका लागि ३ महिना सहयोग गर्नेछन् । तालिममा सेवाग्राहीबाट विवरण प्राप्त गर्ने, त्यसलाई ग्रहण तथा प्रक्रियामा लैजाने तथा प्रमाणीकरण गर्ने विधिका विषयमा सैद्धान्तिक र प्रयोगात्मक जानकारी दिइएको थियो ।
हामीले पेनलेस (कलम चलाउनु नपर्ने सेवा) र नागरिकको हातैमा सेवा पु¥याउने उद्देश्यले विद्युतीय सेवा विकास र विस्तार गरेका छौँ । सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल भन्नुहुन्छ, ‘नयाँ प्रणाली भएकोले जनप्रतिनिधिहरुलाई प्रणाली सञ्चालन गर्न सहयोग र कर्मचारीलाई क्षमता विकास गर्नु पर्ने अवस्था छ । यो खाँचो पूरा गर्न परामर्शदाताबाट सहयोग लिएका हौँ ।’ वडाले नियुक्त गर्ने परामर्शदाता वडाध्यक्षले शिफारिस गर्नुभएको ढकालले जानकारी दिनुभयो ।
एकीकृत विद्युतीय शासन प्रणालीका विकासकर्ता स्मार्ट पालिकाका निर्देशक मनोज भट्टराईकाअनुसार प्रणालीलाई पूर्ण कार्यान्वयनमा ल्याएपछि सर्जमिन गर्नुपर्ने शिफारिस बाहेक अन्य शिफारिस लिन सेवाग्राहीले वडामा आउनै पर्दैन ।
प्रणालीमा पुग्न सेवाग्राहीले काठमाडौँ महानगरपालिकाको लोगो भएको केएमसी मोवाइल एप डाउनलोड गरेर सञ्चालन गर्न सक्नुहुन्छ । मोवाइल एप्लिेकसनबाट प्राप्त विवरणका आधारमा विवरण रुजु गर्ने, राजस्व तथा शुल्क भुक्तानी गर्ने र सबै प्रक्रिया पूरा भएपछि डिजिटल सिग्नेचरसहितको डकुमेन्ट सेवाग्राहीले प्राप्त गर्न सक्छन् ।
वडा तहबाट प्रवाह गर्नु पर्ने ८८ प्रकारका सेवामध्ये ४५ प्रकारका शिफारिस सेवालाई प्रणालीमा प्रविष्ट गराइसकिएको छ । यसमा वडाबाट आफैँ पनि सेवा थप गर्न सकिने बनाइएको छ ।
महानगरको एकीकृत डिजिटल सेवा सञ्चालन गर्न वडाध्यक्ष र वडासचिवलाई यस अघि नै अभिमुखीकरणमा सहभागी गराइसकिएको छ । प्रणाली प्रयोग अभ्यास गर्न चाहने जनप्रतिनिधि र कर्मचारीलाई इमेलमार्फत प्राक्टिस लिङ्क दिइएको थियो ।
प्रणाली कार्यान्वयनमा ल्याउन समस्या नहोस भनेर सूचना प्रविधि विभागले सर्भर, इन्टरनेट र इन्ट्रानेटको परनिर्भरता कम गराउने प्रयास गरिरहेको छ । वैकल्पिक इन्टरनेट जडान यसको नमूना हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App