वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नागरिकहरुको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ । रोग, उपचार र औषधि सेवान सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिनेछ ।
सहरमा नसर्ने तर दीर्घ रोगका विरामीहरुको संख्या बढ्दै गएको छ । यस्ता विरामीहरुले नियमित औषधि सेवन गर्नुपर्छ । निश्चित मात्रा पूरा गर्नुपर्छ । यसको निगरानी वडास्तरीय स्वास्थ्य प्रवर्धन केन्द्रबाट गर्ने योजना हो । स्वास्थ्य प्रवर्धन केन्द्रहरुको स्तरोन्नति गर्ने विषयमा सोमबार बसेको बैठकमा महानगरका स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवालले, स्वास्थ्य प्रवर्धन केन्द्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुन्छ भन्ने अनुभूति हुने व्यवस्था गर्न लागिएको बताउनुभयो ।
‘कसलाई के समस्या छ ? उपचार कहिलेबाट थालनी भएको हो, कुन औषधि प्रयोग गरिरहनु भएको छ ? औषधिको समयावधि कति हो? प्रयोगशाला जाँच कहिले भएको थियो? अब कहिले गर्नुपर्छ? क्लिनिकमा कहिले जानुपर्छ? औषधि लिन कहिले जानु पर्छ? घरमा भएको औषधिले कहिलेसम्म पुग्छ?’ यस सम्बन्धी नोटिफिकेसन दिएर विरामीको उपचार र स्वस्थ्य जीवनयापनमा सहज बनाइनेछ । डा अग्रवाल भन्नुहुन्छ, ‘दीर्घ रोग भएका व्यक्तिको उपचारसँग सम्बन्धित विवरण डिजिटल प्रणालीमा राखेर काम थालनी गर्छौँ । यसलाई विस्तार र वृहत बनाउँदै सबै व्यक्तिको स्वास्थ्य अवस्था बुझ्न सकिने, समग्र स्वास्थ्य सम्बन्धी अवस्थाका विषयमा जानकारी लिन सकिने प्रणाली बनाउँछौँ ।’ अहिले महानगरबाट परिवर्तन सम्भव छ । यसमा नागरिकले आशा गर्नुभएको छ । यो आशालाई मर्न दिनु हुँदैन । उहाँको भनाइ थियो ।
बैठकमा स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले, प्रविधिसँग जोडेर आधारभूत तथ्याङ्क संकलनको योजना बताउनुभयो । विभागको योजनालाई सूचना प्रविधि विभागले टेवा पु¥याउनेछ । बैठकमा सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले सहकार्यमा सहमत जनाउनुभयो । स्वास्थ्यको कुनै एउटा क्षेत्रलाई मोडल बनाएर सेवा विस्तार गर्दै जाँदा दिगो उपयोगमा योगदान हुने उपनिर्देशक रामप्रसाद पौडेलको भनाइ थियो ।
आधारभूत स्वास्थ्य अवस्थाको सर्भेक्षणबाट थप कार्यक्रममा टेवा पुग्ने महाशाखा प्रमुख सजिना महर्जनले धारणा राख्नुभयो । सबै सेवाका आधारभूत तथ्याङ्क एउटै हुन् । सर्वेक्षणमा यसलाई ध्यान दिएर उपयोगी विवरण ल्याउने गरी प्रश्नावली तयार पार्नुपर्छ । बैठकमा तथ्याङ्क अधिकृतहरु कृष्णराज तिवारी र पवनकुमार ठाकुरको भनाइ छ ।
सेवा स्मार्ट पालिकाका निर्देशक मनोज भट्टराईले महानगरको नागरिक विद्युतीय सुशासन सेवामा स्वास्थ्य सर्वेक्षणलाई जोड्न सकिने बताउनुभयो । सूचना तथा तथ्याङ्क संकलन, प्रशोधन, विश्लेषण तथा भण्डारणका लागि यसभित्र पर्याप्त ठाउँ बनाइएको छ । उहाँको भनाइ थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App