वि.सं.: २०८२, फागुन २९ शुक्रबार
इ.स.: 2026 March 13, FRIDAY
वि.सं.: २०८२, फागुन २९ शुक्रबार
वडा ७ को अध्यक्षमा होडा निर्वाचित : अहिलेसम्म १ लाख ४ हजार ८०५ मत गणना
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ को मत परिणाम सार्वजनिक भएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत बैशाख ३० गते सम्पन्न निर्वाचनको आज मुख्य निर्वाचनको कार्यालय काठमाडौँले मत परिणाम सार्वजनिक गरेको हो । जसअनुसार जसअनुसार २ हजार ८६७ मत प्राप्त गरेर नेपाली कांग्रेसका उम्मेदवार बिमलकुमार होडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णमणि भट्टराईले २ हजार ८१६ मत प्राप्त गर्नुभएको छ ।
वडाको महिला सदस्य पदमा २ हजार ८६७ मत प्राप्त गरेर रुपा थापा, दलित महिला सदस्य पदमा ३ हजार २८८ मत प्राप्त गरेर कल्पना सुन्दास, निर्वाचित हुनुभएको छ । यसैगरी सदस्य पदमा २ हजार ६७३ मत प्राप्त गरेर उज्जल अर्याल र २ हजार ५६५ मत प्राप्त गरेर शुरेस शाही निर्वाचित हुनुभएको छ । उहाँहरु नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बन्नुभएको थियो ।
वडाध्यक्ष पदमा ३ जना स्वतन्त्रसहित ११ जना प्रतिस्पर्धी हुनुहुन्थ्यो । यस्तै महिला सदस्य पदमा ५ जना, दलित महिला सदस्य पदमा ४ जना र सदस्य पदमा ११ जना गरी ३१ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
वडा नं. ७, चावहिल
अध्यक्ष
१) कृष्णमणि भट्टराई — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २८१६
२) गोपाल थापा — राष्ट्रिय प्रजातन्त्र पार्टी — ५५८
३) चन्द्रकिरण राजभण्डारी — नेपाल मजदुर किसान पार्टी — २१
४) निरज श्रेष्ठ — लोकतान्त्रिक समाजवादी पार्टी नेपाल — १६
५) विमलकुमार होडा — नेपाली कांग्रेस — २८६७
६) रमेश महर्जन — स्वतन्त्र — ३४१
७) राजेन्द्रमान प्रधान — स्वतन्त्र — ५
८) विष्णुप्रसाद चौलागार्इँ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ११२
९) शान्ति बस्नेत — नेपालका लागि नेपाली पार्टी — ४
१०) शुद्धकुमार डंगोल — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ९२४
११) हीराकाजी महर्जन — स्वतन्त्र — १
महिला सदस्य
१) अनिता शाक्य — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २५२१
२) बिनु खत्री छेत्री — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — १०८४
३) रुपा थापा — नेपाली कांग्रेस — २८६७
४) विनिता रेग्मी — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — १३३
५) सरिता पाण्डे — राष्ट्रिय प्रजातन्त्र पार्टी — ७६८
दलित महिला सदस्य
१) कल्पना सुन्दास — नेपाली कांग्रेस — ३३८८
२) चनाकुमारी दर्जी — नेपाल कम्युनिष्ट पार्टी एमाले — २८१३
३) राधिका नेपाली — राष्ट्रिय प्रजातन्त्र पार्टी — ८८३
४) सरस्वती दमिनी — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ९४५
सदस्य
१) आषिश श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ११००
२) उज्वल अर्याल — नेपाली कांग्रेस — २६७३
३) कृष्णप्रसाद घिमिरे — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ९३७
४) दिपेन्द्र पुडासैनी — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २४७६
५) निरोज श्रेष्ठ÷डंगोल — नेपाल मजदुर किसान पार्टी — १५
६) राममणि भट्टराई — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — १४७
७) सुरेश शाही — नेपाली कांग्रेस — २५६५
८) सरस्वती कार्की — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २३३३
९) सरोजचन्द्र पन्त — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — २४८
१०) सुनिता पाण्डे — राष्ट्रिय प्रजातन्त्र पार्टी — ७००
११) सुवोधकुमार पौडेल — राष्ट्रिय प्रजातन्त्र पार्टी — ६९०
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App