वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
शिक्षामा सिप : सामुदायिक विद्यालयको अनुगमनमा प्रमुख शाह
 
                        काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), शिक्षामा सिप कार्यक्रमको अनुगमन निरीक्षणका लागि आज विभिन्न सामुदायिक विद्यालयहरुमा पुग्नु भएको छ । निरीक्षण कार्यको शुरुवात वडा नं. ५ टंगालमा रहेको टंगाल माध्यमिक विद्यालयबाट भएको थियो । विद्यालयका विद्यार्थीहरु समूहमा बाँडिएर कोही काठ चिल्लो बनाउने, बुट्टा भर्ने, काट्ने, नाप्ने सिप सिकिरहेका थिए । केही विद्यार्थी मोवाइल मर्मत गर्न सिकिरहेका थिए । सिपमुलक तालिममा सहभागी नहुने विद्यार्र्थीहरु कक्षा कोठाको सजावट गर्ने सामग्री निर्माण गर्ने, आर्ट गर्ने, कागज काटेर सजावटका सामान बनाउने लगायत काम गरिरहेका थिए ।
 टंगाल मा. वि. पछि प्रमुख शाह वडा नं. २५ मा रहेको कन्या विद्या मन्दिर माध्यमिक विद्यालयमा पुग्नुभएको थियो । उहाँसँग प्रवक्ता नविन मानन्धर, शिक्षा सल्लाहकार रेशु अर्याल, सहायक विज्ञ शैलेन्द्र झासहित अधिकारी सहभागी हुनुहुन्थ्यो । विद्या मन्दिरका विद्यार्थीको एउटा समूह व्युटिसियन (सौन्दर्य कला) र अर्को समूह सिलाइ कटाइ तालिममा व्यस्त थिए ।

तालिम कक्षामा नभएका अरु विद्यार्थीहरुमध्ये कोही इको क्लवका क्रियाकलाप गर्दै थिए भने कोही आम निर्वाचन कसरी गर्ने भन्ने नमूना मतदान कार्यक्रम गर्दै थिए । मतदान अभ्यासमा विद्यार्थीहरुलाई नै उम्मेदवार, निर्वाचन अधिकृत, मतदान अधिकृत र मतदाता बनाइएको थियो । मत पत्र छापेर नै मतदान अभ्यास भएपछि विद्यार्थीहरु उत्सुकताका साथ निर्वाचन कार्यक्रम चलाइरहेका थिए ।
 निरीक्षणका क्रममा प्रमुख शाहले भन्नुभयो, ‘प्रयोगात्मक शिक्षण विधिबाट विद्यार्थीहरुको सिकाइप्रतिको रुचि बढ्छ । शिक्षण पद्धतिलाई परम्परागत बनाइनु हुँदैन । खेल र प्रविधि जोडेर विद्यार्थीहरुमा स्वतः रुचि जगाउनु पर्छ ।’ उहाँले भन्नुभयो, ‘मैले चुनावी घोषणा पत्रमा, सामुदायिक विद्यालयहरुमा हप्ताको एक दिन सिप, उद्यमशीलता, खेलकुद, संगीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गर्ने भनेको थिएँ । यो घोषणा कार्यान्वयनमा आएको छ ।’

प्रमुख शाह प्रशिक्षण भइरहेका कक्षासहित अन्य विद्यार्थीहरु के गरिरहेका छन्? हरेकजसो कक्षा कोठामा पुग्नुभएको थियो । त्यस क्रममा उहाँले, शिक्षा विभागलाई शिक्षण क्रियाकलाप सुधार गर्ने कार्यक्रमलाई थप व्यवस्थित गर्दै लैजान निर्देशन दिनुभयो ।
‘विद्यार्थीहरुले उत्पादन गरेका सामग्रीलाई बजारमा लैजान सक्ने बनाउनु पर्छ । यसबाट मात्र नतिजा आउँछ ।’ प्रमुख शाहले प्रधानाध्यापकहरुसँग आफ्ना अपेक्षा सुनाउनुभयो ।
 कन्या मन्दिरको अवलोकन पछि प्रवक्ता मानन्धरले भन्नुभयो, ‘बुक फ्रि फ्राइ डे कार्यक्रमले विद्यार्थीहरुमा सिकाइप्रति उत्साह थपेको महसुस गरेको छु ।’
कन्या मन्दिरको अवलोकन पछि प्रवक्ता मानन्धरले भन्नुभयो, ‘बुक फ्रि फ्राइ डे कार्यक्रमले विद्यार्थीहरुमा सिकाइप्रति उत्साह थपेको महसुस गरेको छु ।’ 
प्रमुख शाह, विद्यालयमा गठन गरिएको इको क्लवका विद्यार्थीहरुलाई संकेत चिन्ह प्रदान गर्ने, वृक्षारोपणलगायत क्रियाकलापमा सहभागी हुनुभएको थियो ।
निरीक्षणपछि शिक्षा सल्लाहकार रेशु अर्यालले भन्नुभयो, ‘प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकले सक्रिय सिकाइ अनुभूति भएको प्रतिक्रिया पाएका छौँ । कक्षा कोठा तयारीका लागि शिक्षक, विद्यार्थी र विद्यालय प्रशासनको सहभागिता सकारात्मक छ ।’ हामीले निर्धारण गरेका सबै विधा प्रयोगमा आइसकेका छन् । अर्याल भन्नुहुन्छ, ‘मोवाइल मर्मतमा धेरै विद्यार्थीहरुको रुचि देखिएको छ ।’ सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झा भन्नुहुन्छ, ‘प्रयोगात्मक कक्षामा सहभागी हुन विद्यार्थीहरुमा गहिरो रुचि छ ।’
वडा २९ को विजय स्मारक माध्यमिक विद्यालय र वडा २८ को सहिद शुक्र माध्यमिक विद्यालयको स्थलगत अवस्थाका बारेमा संवाददाता नेहा शर्मा लेख्नुहुन्छ —
 काठमाडौंको विजय स्मारक माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्ने नवराज सुनुवार शुक्रवार मmोलाको भारी नवोकी विद्यालय आउन पाएकोमा दंग देखिए । पहिले झोला बोक्न गाह्रो भएको, अहिले बोक्नु नपरेकोले मात्र उनी खुशी भएका होइनन्, कितावको सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक ज्ञान सिक्न पाएकोमा दंग भएको भेटमा सुनाए ।

‘सधैँ व्याग बोक्ने र कक्षामा आएर किताव पल्टाउने अनि कापीमा लेख्ने मात्र गरिन्थ्यो अहिले त आपूmले जानेको सिप कलालाई सबैको सामु देखाउन पनि पाइएको छ त्यसैले खुशी छु ।’ खुशीलाई उनले शव्दमा यसरी व्यक्त गरे ।
नवराज सुनुवार जस्तै कक्षा ८ मै अध्ययनरत रीमा शाही पनि खुशी भेटिइन् उनले भनिन्, ‘हामीले समूहमा बसेर विभिन्न धर्म संस्कृति र परम्परासँग जोडिएका चित्रहरु बनाउने, विज्ञानका प्रयोगहरु गर्ने कामहरु गरेका छौँ ।’
 वागबजारका सहिद शुक्र माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत अकिंत परियार डल्लुदेखि सधैँ हिडेर वाग बजार आउँछन् । काँधमा गह्र्रौ झोला बोकेर झण्डै एकघण्टा भन्दा बढी हिँड्न पर्दा उनलाई कठिन हुन्थ्यो । उनले आफ्ना कुरा सुनाउँदै भने, किताब बोकेर आएको दिनमा भन्दा किताब नल्याएका दिनमा धेरै सिके जस्तो लाग्छ । अध्ययनका लागि काठमाडौँ बसेका बझाङ्गका उज्ज्वल थापा भन्छन्, ‘कितावमा लेखेको कुरा त जाँचमा लेखेर पास गर्नको लागि मात्र हो । बुक फ्रि फ्राइडेमा सिकेको सिपले जीवन चलाउन सकिन्छ जस्तो लाग्छ ।’

काठमाडौँ महानगरपालिकाले शिक्षण सिकाइमा ल्याएको परिवर्तनले रुपान्तरण ल्याउनेछ । विद्यालयका शिक्षक टीका ढकाल, यसबाट उद्यमशीलता बढ्दै जाने नतिजा देख्नुहुन्छ । अपेक्षित उपलब्धीका विषयमा शिक्षक सुस्मिता राणा भन्नुहुन्छ, ‘शिक्षक, विद्यार्थी र अभिभावकको समान बुझाइ तथा विद्यालयको उचित व्यवस्थापनबाट महानगरले सोचेको नतिजा प्राप्त हुन्छ ।’
सहिद शुक्र मा. वि. को बुक फ्रि फ्राइडे कार्यक्रम संयोजक सविना के. सी. ले हरेक हप्ताको बुधवारसम्ममा शुक्रवार के विषयमा व्यवहारिक ज्ञान दिने भन्ने विषयमा निर्णय गरिसक्ने जानकारी दिनुभयो । विषयगत शिक्षकहरुबाट धारणा तथा कार्यक्रम सम्बन्धी सोच लिएर कार्यक्रम तर्जुमा गरिने उहाँको भनाइ छ ।
 निशुल्क उपचार सहजिकरण सेवा
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                         फोहरमैला व्यवस्थापन प्रणाली
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                         पार्किङ्ग व्यवस्थापन प्रणाली
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                         Intern आवेदन प्रणाली
                        Intern आवेदन प्रणाली
                    
                         KMC Mobile App
                        KMC Mobile App
                    
                         इजलास व्यवस्थापन प्रणाली
                        इजलास व्यवस्थापन प्रणाली
                    
                         विद्युतीय नक्शा पास प्रणाली
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                         बिपद् सूचना ब्यवस्थापन प्रणाली
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                         सहकारी व्यवस्थापन प्रणाली
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                         बोलपत्र आवहन प्रणाली
                        बोलपत्र आवहन प्रणाली
                    
                         घटना दर्ता नागरिक सेवा
                        घटना दर्ता नागरिक सेवा
                    
                         राजश्व भुक्तानी प्रणाली
                        राजश्व भुक्तानी प्रणाली
                    
                         KMC Smart Toilet
                        KMC Smart Toilet
                    
                         Metro Mart
                        Metro Mart
                    
                         KMC Parking  App
                        KMC Parking  App