वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
वातावरण व्यवस्थापनका लागि रैथाने ज्ञान उपयोगी — प्रमुख शाह
 
                        
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले वातावरण व्यवस्थापनका लागि रैथाने ज्ञान उपयोगी रहेको बताउनुभएको छ । सिथी नखः पर्वका महत्वका विषयमा धारणा राख्दै प्रमुख शाहले पानी र पानीको स्रोत संरक्षणका लागि सिथी नखः पर्वको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो । खुल्ला जमिन सकिएर पुनभरणको अवसर कम हुँदै गए पछि सहरले क्रमशः ट््याङ्कर र जारको भर पर्नु परेको जनाउँदै प्रमुख शाहले यस प्रकारका समस्याको समाधानका लागि पानीसँग सम्बन्धित रैथाने ज्ञानको उपयोग गरेर ढुङ्गे धारा, कुवा तथा इनारलाई पुनर्जीवन दिन महानगरले पर्याप्त बजेटको व्यवस्था गर्ने उल्लेख गर्नुभएको छ । 
ज्येष्ठ शुल्क षष्ठीका दिनलाई उपत्यकाबासीले सिथी नखः पर्वका रुपमा मनाउँदै आएका छन् । यस दिन पानीको मुहान र स्रोत, इनार, कुवा, धारा तथा पँधेराको सरसफाइ गरिन्छ । सफाइपछि ती ठाउँमा दूध, मह, घ्यू, दहीलगायत शुद्ध खाद्य पदार्थ हाल्ने गरिन्छ । यो पर्वलाई पानीको मुहान तथा स्रोतको पूजा गर्ने र बर्षभरि ती ठाउँमा फोहोर नगर्ने प्रतिवद्धता प्रकट गर्ने दिनका रुपमा मनाइन्छ ।
आजै विश्व वातावरण दिवस पनि हो । ‘केवल एक पृथ्वी’ नारासहित विश्व वातावरण दिवस मनाइँदै छ । यस अवसरमा महानगर प्रहरी बलले माइतीघर मण्डलादेखि बानेश्वरतर्फको सडक खण्ड सरसफाइ गरेको छ । सहरको फोहोर अन्तिम व्यवस्थापन हुने स्थानमा स्थानीयले विभिन्न माग राखेर फोहोर ढुवानी रोकेपछि अहिले सहरमा फोहोर संकलनसमेत हुन सकेको छैन । उनीहरुले ल्याण्डफिल साइटबाट प्रभावित १३ गाउँका मानिसहरुले भोग चलन गर्दै आएको जग्गा अधिग्रहण गरेर फोहोर र मानिसलाई छु्ट््याउनु पर्नेलगायत बुँदागत माग राखेका छन् । उनीहरुकाअनुसार यसरी अधिग्रहण गर्नुपर्ने जग्गा ५ हजार रोपनीभन्दा धेरै छ । यससँगै फोहोर व्यवस्थापनमा वैज्ञानिक विधि अवलम्बन गर्नुपर्ने, स्वास्थ्य शिक्षा र रोजगारी तथा स्थानीय पूर्वाधार विकासमा यसअघि गरिएका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग छन् । यी माग पूरा नहुञ्जेल ल्याण्डफिल साइटमा फोहोर लैजान स्थानीयको अवरोध छ । यसकारण सहरमा फोहोर संकलन हुन नसक्ने भएपछि यस बर्ष सरसफाइका कार्यक्रम तुलनात्मक रुपमा कम भएका छन् ।
सन् १९७३ जुन ५ गतेबाट विश्व वातावरण दिवस मनाउन थालिएको हो । वातावरण संरक्षणका लागि राजनीतिक र सामाजिक सचेतना बढाउन यो दिवस मनाउने गरिन्छ । सन् १९७२ मा संयुक्त राष्ट्र संघले आयोजना गरेको वातावरण सम्मेलनको १ बर्षपछि यो दिवसलाई अङ्गीकार गरेर अन्तरराष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।
 निशुल्क उपचार सहजिकरण सेवा
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                         फोहरमैला व्यवस्थापन प्रणाली
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                         पार्किङ्ग व्यवस्थापन प्रणाली
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                         Intern आवेदन प्रणाली
                        Intern आवेदन प्रणाली
                    
                                    
                         KMC Mobile App
                        KMC Mobile App
                    
                                    
                         इजलास व्यवस्थापन प्रणाली
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                         विद्युतीय नक्शा पास प्रणाली
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                         बिपद् सूचना ब्यवस्थापन प्रणाली
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                         सहकारी व्यवस्थापन प्रणाली
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                         बोलपत्र आवहन प्रणाली
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                         घटना दर्ता नागरिक सेवा
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                         राजश्व भुक्तानी प्रणाली
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                         KMC Smart Toilet
                        KMC Smart Toilet
                    
                                    
                         Metro Mart
                        Metro Mart
                    
                                    
                         KMC Parking  App
                        KMC Parking  App