वि.सं.: २०८२, मंसिर ९ मंगलबार
इ.स.: 2025 November 25,TUESDAY
वि.सं.: २०८२, मंसिर ९ मंगलबार
वडाध्यक्ष रिजालको निधन : ११ बजेदेखि राष्ट्रिय सभा गृहमा अन्तिम श्रद्धाञ्जली
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उपचारका क्रममा उहाँको आज विहान ०७ः३० बजे निधन भएको उपचार भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ ।
उच्च ज्वरो र निमोनियाँ देखिए पछि उहाँलाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीकाअनुसार उहाँको पार्थिक सरीरलाई श्रद्धाञ्जली दिनका लागि विहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।
नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहनु भएका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित हुनुभएको थियो ।
उहाँको जन्म २०२७ साल कार्तिक १९ गते भएको हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App