वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
सडक सुरक्षा र अनुशासनमा सचेतना बढाउन ‘ट्राफिक सप्ताह’ सुरु
 
                        काठमाडौँ । काठमाडौँ महानगरपालिका र उपत्यका ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा आजदेखि ‘ट्राफिक सप्ताह’ का कार्यक्रम थालेका छन् । प्रयोगकर्तालाई सडक अनुशासन र सुडक सुरक्षाका विषयमा सचेत गराउने कार्यक्रमको उद्देश्य हो । अनुमान योग्य, विश्वाश योग्य र सुृरक्षित यात्रा तथा दुर्घटनामा कमी हुने कार्यक्रमबाट अपेक्षा गरिएको नतिजा हो ।
 कार्यक्रमको शुरुवातमा दरबारमार्गबाट प्रभातफेरी गरिएको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्त कुँवरसहित सरोकारवाला अधिकारीसहितको प्रभातफेरी घण्टाघर, रत्नपार्कको पैदल मार्ग, जेब्रा क्रसिङ् र आकाशे पुलको प्रयोग गरेर राष्ट्रिय सभा गृह आएको थियो ।
कार्यक्रमको शुरुवातमा दरबारमार्गबाट प्रभातफेरी गरिएको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्त कुँवरसहित सरोकारवाला अधिकारीसहितको प्रभातफेरी घण्टाघर, रत्नपार्कको पैदल मार्ग, जेब्रा क्रसिङ् र आकाशे पुलको प्रयोग गरेर राष्ट्रिय सभा गृह आएको थियो । 
सभा गृहमा आयोजना गरिएको औपचारिक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले, एकीकृत कार्यक्रम सञ्चालन गरेर सार्वजनिक यातायात प्रणालीलाई प्रयोगकर्ता र उपभोक्ताको यात्रामैत्री आचरण विकास गरिनु पर्ने बताउनुभयो । सरकारले विश्वासिलो सार्वजनिक यातायात प्रणाली सञ्चालनको योजनालाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।
बढ्दो सहरीकरण र जनघनत्वको अनुपातमा सडक पूर्वाधार निर्माण हुन नसक्नु यातायात प्रणालीको प्रमुख चुनौती हो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त कुँवरले, साझेदार बिच सहकार्य र समन्वयबाट अवस्थामा सुधार ल्याउनु पर्ने खाँचो देखाउनुभयो ।
 सडक सवारी साधन र पैदल यात्रीले मात्र प्रयोग गरेका छैनन् । विरोधका कार्यक्रम र प्रदर्शन पनि सडकमै हुने गरेका छन् । यसकारण यातायात प्रणाली अवरुद्ध हुने गरेका छन् । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले, आमसभा गर्ने ठाउँको प्रबन्ध गरिनु पर्नेमा जोड दिनुभयो ।
सडक सवारी साधन र पैदल यात्रीले मात्र प्रयोग गरेका छैनन् । विरोधका कार्यक्रम र प्रदर्शन पनि सडकमै हुने गरेका छन् । यसकारण यातायात प्रणाली अवरुद्ध हुने गरेका छन् । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले, आमसभा गर्ने ठाउँको प्रबन्ध गरिनु पर्नेमा जोड दिनुभयो । 
काठमाडौँ उपत्यकाको सवारी सञ्चालन व्यवस्थापन गर्ने दायित्व लिएर काठमाडौँ महानगरपालिकाका प्रमुख अध्यक्ष र ललितपुर महानगरपालिकाका प्रमुख उपाध्यक्ष रहेको संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण गठन भइसकेकेको छ । यसमा साझेदार सबैको प्रतिनिधित्व छ । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले महानगरपालिकाले ट्राफिक व्यवस्थापनमा अगाडि सरेका कार्यक्रमका विषयमा जानकारी गराउँदै यातायात प्रणाली सुधारका लागि यस बर्ष ३४ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले, यस अघिका सिकाइ र दुखाइ हेरेर गल्ती दोहोरिन नदिनतर्फ कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।
एक जना डाक्टरको लापर्वाहीले १ जना विरामीको ज्यान जान्छ । सार्वजनिक सवारी साधन चलाउने एकजना चालकको लापर्वाहीले एकै पटक ३० भन्दा धेरै व्यक्तिको ज्यान जान्छ । यस विषयमा सरकारले उचित ध्यान दिन सकेन । कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले, यातायात क्षेत्रमा काम गर्नेहरुका लागि प्रशिक्षणको व्यवस्था गर्ने पर्नेमा जोड दिनुभयो ।
हात र ईशारामा चल्नु पर्ने ट्राफिक व्यवस्थापनमा सबैले सहयोग हुनुपर्छ । उपत्यका ट्राफिक प्रहरी कार्याल्यका प्रमुख, प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले, अन्डरपास, ओभरहेड ब्रिज, बहुतले पार्किङ्क, फ्लाइ ओभर सडक संरचना र स्वचालित प्रणालीबाट मात्र सहरको सवारी व्यवस्थापन सम्भव हुने अवस्था आएको बताउनुभयो ।
हात्ती हिँडाउन बनाइएको सडकमा १४ लाख सवारी साधन गुड्छन् । कसरी व्यवस्थापन मिल्छ त ? कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले, विशिष्ट पदाधिकारीहरुको आवागमन प्रणालीमा पनि सुधार गर्नुपर्छ ।
देशभरि दर्ता भएका करिब ६३ लाखमध्ये काठमाडौँ उपत्यकाभित्र करिब १४ लाख सवारी साधन छन् । गएको ५ बर्षमा सवारी दुर्घटनमा परेर करिब १२ हजार व्यक्तिको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ । यसमध्ये करिब १ हजार व्यक्तिले काठमाडौँ उपत्यकाभित्र ज्यान गुमाएका छन् । गएको बर्ष मात्र उपत्यकामा करिब १० हजार दुर्घटना भए । त्यसमा २ सय बढी व्यक्तिको ज्यान गयो ।
दुर्घटना हुनुको मुख्य कारण मादक पदार्थको सेवन गरेर सवारी चलाउनु, लापर्वाही गरेर सवारी चलाउनु, पूर्वाधार जोखिमपूर्ण हुनु हो ।
काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका बालबालिकालाई ट्राफिक सचेतना बढाउन सामुदायिक विद्यालयहरुमा ‘ट्राफिक क्लव’ गठन गरेको छ । उनीहरुलाई सडक अनुशासन, संकेत र आचरणका विषयमा प्रयोगात्मक ज्ञान दिने गरिएको छ ।
 निशुल्क उपचार सहजिकरण सेवा
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                         फोहरमैला व्यवस्थापन प्रणाली
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                         पार्किङ्ग व्यवस्थापन प्रणाली
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                         Intern आवेदन प्रणाली
                        Intern आवेदन प्रणाली
                    
                                    
                         KMC Mobile App
                        KMC Mobile App
                    
                                    
                         इजलास व्यवस्थापन प्रणाली
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                         विद्युतीय नक्शा पास प्रणाली
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                         बिपद् सूचना ब्यवस्थापन प्रणाली
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                         सहकारी व्यवस्थापन प्रणाली
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                         बोलपत्र आवहन प्रणाली
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                         घटना दर्ता नागरिक सेवा
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                         राजश्व भुक्तानी प्रणाली
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                         KMC Smart Toilet
                        KMC Smart Toilet
                    
                                    
                         Metro Mart
                        Metro Mart
                    
                                    
                         KMC Parking  App
                        KMC Parking  App