Logo

अवकास प्राप्त कर्मचारीलाई सम्मान तथा विदाइ

अवकास प्राप्त कर्मचारीलाई सम्मान तथा विदाइ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, मन्दिरको गजुर राख्ने बेलामा जग हाल्नेहरुको स्मरण गर्नु पर्ने बताउनुभएको छ । आज महानगरपालिकाबाट सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान तथा विदाइ गर्ने क्रममा उहाँहरुको योगदानको प्रशंशा गर्दै यस्तो बताउनुभएको हो । 

सेवा निवृत्त भएपछि तपाईँहरुको पदीय दायित्व सकिए पनि महानगरको समृद्धिमा तपाईँले पूरा गर्नु पर्ने दायित्व सकिएको छैन । डंगोलले भन्नुभयो, ‘पदीय जिम्मेवारी निश्चित समयका लागि हुन्छ । यो अस्थायी हो । बाँकी समय हामी महानगरको समृद्धिका विषयमा दायित्व पूरा गरौँ ।’

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, जीवनको उर्वर समयमा महानगरपालिकालाई दिएको योगदानको सराहना गर्नुभयो । आउँदा दिनहरुमा यहाँहरुले महानगरपालिकालाई सिर्जनात्मक सहयोग उपलब्ध गराउनु हुनेछ भन्ने विश्वा छ । उहाँको भनाइ थियो । 

महानगरमा सेवा निवृत्त हुने कर्मचारीहरुले आफ्नो स्थानमा आउने कर्मचारीलाई विगतका अनुभव भनिदिनुपर्छ । यसले संस्थागत अभिलेखनमा सहयोग हुन्छ । कार्यक्रममा प्रशासन विभागका प्रमुख दिपक अधिकारीले धारणा राख्नुभयो । 

विदाइ हुने कर्मचारीकातर्फबाट धारणा राख्दै रामबहादुर थापाले, २० बर्षे सेवा अवधिमा ३२ जना प्रमुख प्रशासकीय अधिकृतसँग काम गरेको अनुभव सुनाउनुभयो । यसरी हेर्दा औसतमा १ जना प्रमुख प्रशासकीय अधिकृतको पदावधि १ बर्ष पनि रहेन । उहाँले विम्ब प्रयोग गर्दै दिगो विकासका लागि स्थिरताको खाँचो देखाउनुभयो ।

गएको असोज महिनादेखि अहिलेसम्ममा विदाइ भएर जाने विभिन्न पद र तहका २५ जना कर्मचारी हुनुहुन्छ । उहाँहरुलाई विदाइ तथा सम्मान गरिएको हो । 

यसरी  विदाइ भएर जानेहरुमा रामबहादुर थापा, देवेन्द्र पोखरेल, रविन्द्र राई, मोतीप्रसाद खनालसहित हुनुहुन्छ । 

  • प्रकाशित मिति: बुधबार १७ माघ २०८० २०:०४