वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
उपप्रमुख डंगोलसँग नियोग उपप्रमुख टाकाहिरोको शिष्टाचार भेट
काठमाडौँ । नेपाल र जापान दुई देशका बिचमा कुटनीतिक सम्बन्ध, सहर सहरका विचमा भगिनी सम्बन्ध र नागरिक तहमा पारिवारिक सम्बन्ध स्थापित भएको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । शिष्टाचार भेटका लागि आउनु भएका नेपालका लागि जापानको दूताबासका नियोग उपप्रमुख तामुरा टाकाहिरोसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
तामुराले राख्नुभएको, स्थानीय तहले प्रयोग गर्ने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार सम्बन्धी जिज्ञासामा उत्तर दिँदै उपप्रमुख डंगोलले भन्नुभयो, ‘प्रमुखसँग कार्यकारी अधिकार हुने व्यवस्था छ । उपप्रमुखलाई बजेट तर्जुमा, राजस्व परामर्श, योजना अनुगमन, बजार अनुगमन, न्यायिक समितिको जिम्मेवारी हुन्छ ।’
‘नेपालमा न्यायिक विकेन्द्रीकरणको सफल प्रयोग भइरहेको छ ।’ उपप्रमुख डंगोलले थप्दै भन्नुभयो, ‘हामी (न्यायिक समिति) ले प्रयोग गर्ने मेलमिलापको अधिकार वडाबाट सञ्चालन गर्ने प्रबन्ध गरेका छौँ । लैङ्गिक समस्या समाधान गर्न महिला जनप्रतिनिधिको संयोजकत्वमा महिला सञ्जाल गठन गरेका छौँ ।’
‘काठमाडौँ बस्नका लागि उपयुक्त ठाउँ हो । यहाँको सामाजिक व्यवस्था राम्रो छ ।’ काठमाडौँ सम्बन्धी आफ्नो बुझाइ राख्दै टाकाहिरोले, महिलाहरुको मुद्दा सुन्ने सामाजिक व्यवस्था, सार्वजनिक पदहरुमा महिलाहरुको सहभागिताका विषयमा जिज्ञासा राख्नुभएको थियो ।
छलफलका क्रममा सामाजिक तथा सांस्कृतिक सम्बन्ध र आदान प्रदानका कार्यक्रमका विषय समेटिएका थिए ।
भेटका क्रममा दूताबासका प्रथम सचिव योसिदा, महानगरपालिकाको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेल, उपप्रमुख सचिवालयका प्रमुख सौरभ गौत्तम सहभागी हुनुहुन्थ्यो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App