वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
रोजगार सेवा केन्द्रमा आवद्ध श्रमिकका लागि १ दिने गोष्ठी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको रोजगार सेवा केन्द्रले ‘श्रम वैङ्क’ र ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा आवद्ध श्रमिकका लागि १ दिने गोष्ठी सम्पन्न गरेको छ । ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ विषय गोष्ठी गरेको हो ।
‘जसले काम गर्छ, त्यो श्रमिक हो । काम यो वा त्यो का आधारमा भेद हुँदैन ।’ कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख
प्रशासकीय अधिकृत प्रदीप परियारले, ‘श्रममा इमान्दारिता र सिप भयो भने वेरोजगार बन्नु पर्दैन । यसले व्यक्तिको जीवन निर्वाहमा दिगो आय उपार्जन गराउँछ ।’
‘काम हेरेर श्रमिकको स्तर विभाजन गर्ने सामाजिक परम्परामा क्रमशः सुधार गर्दै जाँदैछाँै ।’ सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले भन्नुभयो, ‘सम्मानजनक श्रम संस्कृतिलाई दिगो बनाउने योजनामा महानगरपालिकाले काम गरिरहेको छ ।’
ठाउँ, समय र सामाजिक परिस्थितिअनुसार स्वदेश र विदेशमा गरिने कामका बिचमा फरक छ । कार्यक्रममा ‘वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनु पर्ने कुराहरु’ विषयक कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक रोजगार वोर्डका प्रवक्ता टीकाराम ढकालले भन्नुभयो, ‘सिपले श्रमिकको आय बढाउँछ । काममा सहजता ल्याउँछ । यसकारण आफू सम्लग्न हुने विषयमा सिप त सिक्नै पर्छ । यसमा पनि वैदेशिक रोजगारीमा जाने व्यक्तिले सिप नलिइ जानै हुँदैन, दुःख पाइन्छ ।’
काठमाडौँ महानगरपालिकाले व्यक्तिमा सिप विकास गराएर आन्तरिक रोजगारीका अवसर सिर्जना गराउने कार्यक्रम सञ्चालन गरिरहेको छ । सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइरालाले भन्नुभयो, ‘३४ विधामा त्योभन्दा धेरै पेशाका तालिम चलाएका छौँ ।’ सिप सिकेका व्यक्तिलाई स्वरोजगार हुन सहयोग गरेको, रोजगारीमा जान चाहनेलाई ‘श्रम वैङ्क’ मा आवद्ध गराएर रोजगारदाताहरुको सञ्जालमा जोड्न मद्दत गरेको उहाँको भनाइ थियो ।
महानगरपालिकाको रोजगार सेवा केन्द्रअन्तर्गत ‘श्रम बैङ्क’ मा करिब २२ सय र ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा करिब १ हजार ५६ जना व्यक्ति सूचीकृत भइसक्नु भएको छ । रोजगार संयोजक रश्मि राईकाअनुसार सूचीकृतमध्ये करिब ७ सय व्यक्तिलाई रोजगारी दिइएको छ । व्यक्तिको योग्यता, सिप सम्बन्धी प्रमाण पत्र तथा अनुभवजस्ता सूचकका आधारमा दक्ष, अर्धदक्ष र अदक्ष गरी ३ प्रकृतिमा व्यक्तिलाई सूचीकृत गर्ने गरिएको छ ।
महानगरपालिकाभित्र जनशक्ति आवश्यक भएका विभागहरुले केन्द्रसँग जनशक्ति माग गर्ने गरेका छन् । मागका आधारमा सेवा केन्द्रले जनशक्ति उपलब्ध गराउँछन् ।
यी काम गर्न सिप सिकेका व्यक्तिले बेरोजगार बन्नु पर्ने अवस्था छैन । आन्तरिक रोजगारीका प्रशस्त सम्भावना छन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले, ‘आन्तरिक रोजगारी प्रवर्धनमा महासंघको भूमिका र महत्वका विषय’ मा प्रस्तुति गर्दै उद्योग क्षेत्रमा सिपयुक्त जनशक्ति खपतमा समस्या नभएको उल्लेख गर्नुभयो ।
आन्तरिक रोजगारीको प्रवर्धन गरेर वेरोजगारीको समस्या घटाउन तथा अधिक रोजगारीका अवसर सिर्जना गर्न आवश्यक रोजगार सेवा र सहायता उपलब्ध गराउनु कार्यक्रमको उद्देश्य हो । यस्ता कार्यक्रमबाट सरकारी, निजी, सहकारी, गैरसरकारीलगायत क्षेत्रहरुका बिचमा समन्वय र सहकार्य बढ्दै जाने कार्यक्रम सञ्चालनको उद्देश्य हो ।
व्यक्तिको सिप र क्षमता बढाउन महानगरपालिकाले विभिन्न सिपमूलक तालिम सञ्चालन गर्ने गरेको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ महानगर गौरव योजनाअन्तर्गत विभिन्न विधामा तालिम चलिरहेका छन् । सिप नजानेका र सिपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सिप सिकाउने तथा सिपको स्तरोन्नति गराएर स्वरोजगार तथा रोजगार बनाउनु तालिमको उद्देश्य हो ।
यो बर्ष (२०८१) मा २०८१ जनालाई एकै ठाउँमा सिपमूलक तालिम सञ्चालन गर्ने लक्ष्यसहित वैशाख १९ गतेदेखि टुँडिखेलमा सिप मेला आयोजना हुँदैछ । यस तालिममा सहभागी हुन चाहनेले अनलाइनमार्फत फाराम भर्न सामाजिक विकास विभागले आग्रह गरेको छ ।

तस्विरहरु
कभर फोटो : गोष्ठीका सहभागीहरु
चित्र नं. २ : महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार
चित्र नं. ३ : सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी
चित्र नं. ४ : वैदेशिक रोजगार प्रवर्धन वोर्डका प्रवक्ता टीकाराम ढकाल
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App