वि.सं.: २०८२, पुस १७ बिहीबार
इ.स.: 2026 January 1,THRUSDAY
वि.सं.: २०८२, पुस १७ बिहीबार
जाडो विदामा नतिजा सुधार, रचनात्मक विद्यालय र शिक्षक क्षमता विकासका कार्यक्रम गरिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले जाडो विदाका समयमा सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई क्षमता विकास तालिममा सहभागी हुन आव्हान गरेको छ । ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास गराएर शिक्षकहरुले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराउने योजनाअन्तर्गत तालिम सञ्चालन गर्न लागिएको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्नुहुन्छ, ‘सामुदायिक विद्यालयको नतिजा सुधार गर्न शिक्षकको क्षमता विकासमा लगानी गर्नु पर्ने भएकोले तालिम सञ्चालन गर्न लागेका हौँ ।’ उहाँका अनुसार शैक्षिक क्रियाकलापमा असर नहुने गरी विदाको समय उपयोग गर्न लागिएको हो । शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित बनाउने लक्ष्य राखिएको छ । यसको नतिजा विद्यार्थीहरुको शैक्षिक प्रमाण पत्र र व्यवहारिक सिपमा प्राप्त हुनेछ ।
यसअन्तर्गत पुस २१ र २२ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरुलाई तालिम हुनेछ । पुस २३ गतेदेखि माघ ७ गतेसम्म कक्षा १० का इच्छुक विद्यार्थीका लागि गणित, सामाजिक, विज्ञान र अर्थशास्त्रलगायतका विषयमा सिकाइ कक्षा सञ्चालन हुनेछन् । एसइइ लक्षित सिकाइमा अवस्था अनुसार विद्यार्थीको वर्गिकरण गरिनेछ । सिकाइ सहयोग, प्रविधि मार्फत सिकाइ, शिक्षण प्रबन्ध प्रणालीको उपयोग, समूहगत सिकाइ, परियोजना कार्यमा आधारित सिकाइ कक्षाका ढाँचा हुनेछन् ।
पुस २४ गतेदेखि माघ ४ गतेसम्म पुस्तकरहित शुक्रबारका सिर्जनात्मक सिकाइ र शिक्षामा सिप कार्यक्रमसँग सम्बन्धित फोकल शिक्षकहरुका तालिम हुनेछ । पाठ्यक्रममा सहभागितामुलक प्रतिबिम्बन, सञ्चालन मार्गदर्शन प्रतिबिम्बन तथा प्राविधिक क्षमता अभिवृद्धि तालिमका विधि हुन् ।
माघ ५ गतेदेखि ७ गतेसम्म शिक्षकका लागि मनोसामाजिक परामर्श र क्यारियर गाइड म्यापिङ तालिम हुनेछ । पुस २३ गतेदेखि २८ गतेसम्म प्रारम्भिक बाल विकास शिक्षाका सहजकर्ताहरुको तालिम हुनेछ । माघ २ गतेदेखि ७ गतेसम्म कक्षा १ देखि ३ सम्मका शिक्षकहरुका लागि एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्याङ्कन सम्बन्धि तालिम हुनेछ ।
रचनात्मक विद्यालय विकास कार्यक्रमको खेलकुद प्रशिक्षण कार्यक्रम पुस २४ देखि माघ ८ सम्म हुनेछ ।
यसरी सञ्चालन हुने तालिमले शिक्षकको वृत्ति विकास र विद्यार्थीको नतिजा सुधार दुवै पक्षमा सकारात्मक नतिजा ल्याउने भएकोले शिक्षकहरुले तालिममा सहभागी हुन समय व्यवस्थापन गर्नुहुने विभागको अपेक्षा छ ।
सामुदायिक विद्यालयहरुमा पुस १८ गते सुरु भएको विदा माघ ८ गतेसम्म हुनेछ । यस अवधिलाई शैक्षिक सत्र २०८१ को कार्ययोजनाअनुसार विद्यार्थीहरुको पढाइमा असर नहुने, खेलकुद तथा सिकाइमा थप सहयोग पुग्ने खालका कार्यक्रम तर्जुमा गरिएका हुन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App