वि.सं.: २०८२, कात्तिक १२ बुधबार
इ.स.: 2025 October 29,WEDNESDAY
वि.सं.: २०८२, कात्तिक १२ बुधबार
यस वर्षदेखि आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा होम सेन्टरबाट बाहिर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षामा विद्यार्थीहरुले प्राप्त गरेको अङ्क एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) मा प्रविष्टि गराउने काम थालेको छ । स्रोत केन्द्रहरुले उत्तरपुस्तिका डिकोडिङ् गरेर विभागमा पठाउन थालेपछि आजदेखि अङ्क प्रविष्टि थालिएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो । विभागले आउँदो हप्ता नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।
अहिलेसम्म गरिएका कामका बारेमा जानकारी दिँदै उहाँले भन्नुभयो, ‘परीक्षा सम्पन्न भएकै दिनमा उत्तर पुस्तिका स्रोत केन्द्रमा ल्याएर कोडिङ् गरियो । कोडिङ् गरिएका उत्तरपुस्तिका रोष्टरमा भएका शिक्षकहरुले स्रोत केन्द्रमै बसेर परीक्षण गर्नुभयो । परीक्षण भएका उत्तरपुस्तिकाहरुलाई डिकोडिङ् गरियो । यसरी डिकोडिङ् गरिएका उत्तरपुस्तिका विभागमा प्राप्त भएपछि हामीले प्रणालीमा अङ्क भर्न थालेका हौँ ।’
नतिजा प्रकाशन योजनाका विषयमा दाहाल भन्नुहुन्छ, ‘३ दिनभित्र अङ्क प्रविष्टि सकिन्छ । आजको चौथो दिन प्रणालीमा भरिएका अङ्क र उत्तर पुस्तिकामा प्राप्त गरेको अङ्क रुजु गर्छौँ । यसपछि नतिजा प्रकाशन गर्छौँ ।’
महानगरभित्रका सामुदायिकतर्फ धार्मिक र वैकल्पिक विद्यालय समेत गरी ९६ र संस्थागततर्फ ४०८ वटा गरी जम्मा ५०४ विद्यालयका १८ हजार २९४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यसमा सामुदायिक विद्यालयबाट ५ हजार १७४ जना र संस्थागत विद्यालयबाट १३ हजार १२० जना विद्यार्थी छन् । लिङ्गका आधारमा हेर्दा ८ हजार १४५ जना छात्रा र १० हजार १४९ जना छात्र छन् । यसमा ५ वटा संस्थागत विद्यालयमा अध्ययन गर्ने १० जना विदेशी विद्यार्थीहरु पनि समावेश छन् ।
जगन्नाथ माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय गरी २ वटा विद्यालय भद्रगोल जेलभित्र छन् । यी विद्यालयबाट यस वर्ष क्रमशः २० जना र १२ जना गरी ३२ जना विद्यार्थी परीक्षामा सहभागी हुनुपर्नेमा जेलका १ जना विद्यार्थी कैदमुक्त भएपछि ३१ जना विद्यार्थी सहभागी भए । केन्द्रीय बहिरा माध्यमिक विद्यालयबाट २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउन यस वर्षदेखि परीक्षा केन्द्र अध्ययन गरिरहेको विद्यालयबाट बाहिरका ५६ वटा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको थियो ।
केन्द्रीय वहिरा माध्यमिक विद्यालय र कारागारभित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई आफ्नै विद्यालयबाट परीक्षा लिइएको थियो । विद्यार्थीको विशेष अवस्थालाई ध्यानमा यस्तो व्यवस्था गरिएको हो । यस्तै अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरुले परीक्षा केन्द्रबाटै परीक्षा िदएका थिए ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App