वि.सं.: २०८२, कात्तिक १२ बुधबार
इ.स.: 2025 October 29,WEDNESDAY
वि.सं.: २०८२, कात्तिक १२ बुधबार
तालिममा सहभागी हुन चाहने शिक्षकले अनलाइनमार्फत आवेदन दिन सक्ने
काठमाडौँ । शैक्षिक गुणस्तर विकास र नतिजा सुधारका लागि काठमाडौँ महानगरपालिकाले विद्यालयका शिक्षकहरुका लागि विभिन्न विधाका तालिम आयोजना गर्न लागेको छ । ४ हजार ८० जना शिक्षकलाई लक्षित कोटा मानेर तालिम सञ्चालन तयारी गरिएको छ । यसमा ७ वटा क्षेत्र राखिएका छन् । वैशाख ८ गते सुरु हुने तालिम विधागत रुपमा त्यसपछिका विभिन्न मितिमा सुरु हुनेछन् । जेठ ८ गते सबै तालिम सकिनेछन् ।
आवेदन दिन तलको क्यु आर स्क्यान गरेर विवरण पठाउनुहोस् ।
यसरी सञ्चालन हुने तालिममा सहभागी हुन शिक्षकहरुले अनलाइनबाट आवेदन दिनुपर्नेछ । सामुदायिक र संस्थागत दुवै प्रकारका विद्यालयमा अध्यापन गर्ने शिक्षकले आवेदन दिन पाउनेछन् । आवेदन दिने अन्तिम मिति बैशाख २ गते हो ।
महानगरपालिकाले अहिलेसम्म विभिन्न तह र विधामा गरी करिब २ हजार शिक्षकलाई क्षमता तालिम प्रदान गरिसकेको छ । यसअघिका ४ चरणमा सम्पन्न तालिममध्ये माध्यमिक तहमा गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषय अध्यापन गर्ने शिक्षकहरुलाई विषयगत तालिम, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सहजकर्ता तालिम, एकीकृत सिकाइ र मूल्याङ्कनमा आधारित तालिम, विद्यालयमा आधारित निरन्तर रुपान्तरणमुखी शिक्षक क्षमता अभिवृद्धि, स्टिममा आधारित सिकाइ पद्धति तालिम भएका छन् ।
यो लिङ्क क्लिक गरेर आवेदन दिन सकिन्छ । https://tinyurl.com/kvwp8dze
यसपटकका तालिम वैशाख ८ गतेदेखि तालिम सुरु हुनेछन् । यसमा कक्षा ४ देखि १० सम्मका शिक्षकहरुका लागि एकीकृत सिकाइ, आन्तरिक मूल्याङ्कन नतिजा सुधारका लागि बैशाख १२ गते सम्म सञ्चालन हुनेछ । यही समूहका लागि वैशाख १३ गतेदेखि १५ गतेसम्म प्रश्नपत्र निर्माण तथा विश्लेषण तालिम हुनेछ । तालिमका लक्षित सहभागी शिक्षक क्रमशः ५४० जना र १,२९० जना हो । यही समूहका शिक्षकका लागि सिकाइमा सूचना प्रविधिको सम्बन्धी तालिम वैशाख १६ गतेदेखि सुरु हुनेछ । ४ दिने यो तालिममा ४५० जना शिक्षकलाई सहभागी गराउने लक्ष्य छ ।
कक्षा १ देखि कक्षा ३ सम्मका शिक्षकका लागि एकीकृत पाठ्यक्रम र प्रारम्भिक बाल विकास तथा शिक्षाका सहजकर्ताका लागि वैशाख ८ गते सुरु हुने तालिम वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ । यी दुवै शीर्षकका हरेक तालिममा ४८०÷४८० जना शिक्षकलाई सहभागी गराउने लक्ष्य छ ।
कक्षा ४ देखि ८ सम्मका शिक्षकहरुका लागि (बुक फ्री फ्राइडे) सिर्जनात्मक सिकाइ सम्बन्धी तालिम बैशाख २१ गते प्रारम्भ हुनेछ । ३ सय जना शिक्षकलाई सहभागी गराउने लक्ष्य राखिएको यो तालिम जेठ ४ गते सकिनेछ । यही समूहका शिक्षकहरुलाई वृत्ति मार्गनिर्देशन तथा मनोसामाजिक परामर्श सम्बन्धी तालिम जेठ ४ गते सुरु भएर ८ गते समापन हुनेछ । यसमा ५४० जना शिक्षकलाई सहभागी गराउने लक्ष्य छ ।
निर्धारित कोटाभित्र आवेदन परेमा पहिलो आवेदकलाई पहिलो प्राथमिकतामा राखेर तालिम दिइने शिक्षा विभागले जनाएको छ । चैत २७ शिक्षा स्वास्थ्य समितिको वैठकले तालिममा सामुदायिक विद्यालयबाट ७० प्रतिशत र संस्थागत विद्यालयबाट ३० प्रतिशत शिक्षकलाई सहभागी गराउने निर्णय गरेको छ । संस्थागत विद्यालयतर्फका शिक्षकहरुमध्ये पनि महानगरपालिकाभित्रका स्थायी बसोबास गर्ने शिक्षकलाई प्राथमिकता दिइनेछ । यसपछि जुनसुकै क्षेत्रमा बसोबास गरे पनि महानगरपालिकाभित्रका विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तेस्रो प्राथमिकतामा राखिनेछ ।
यसप्रकारका तालिमलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने महानगरपालिकाको योजना छ । यसरी प्रदान गरिएको तालिमबाट शिक्षकहरुमा विज्ञान, सूचना तथा प्रविधिको बढ्दो विकास र सामाजिक परिवेशको परिवर्तन सुहाउँदो व्यक्तित्व विकास हुने अपेक्षा राखिएको छ । यसले शिक्षण विधि र शिक्षण सिकाइमा प्रभावकारिता अभिवृद्धि हुनेछ ।
अनलाइन प्रणालीमा आधारित आवेदनबाट तालिमले शिक्षकहरुको वृत्ति विकासका लागि आधार बन्ने सहरी योजना आयोगका सहायक विज्ञ विवेक बास्तोलाले जानकारी दिनुभयो । यसबाट प्राप्त हुने तथ्याङ्कले, विद्यालयहरुमा सञ्तालन हुने विविध कार्यक्रमको लेखाजोखा गर्न, कार्यक्रम सञ्चालनको प्रभावकारिता पूर्वअनुमान गर्न आधार प्राप्त हुने वास्तोलाको भनाइ छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App