Logo
  • वि.सं.: २०८३, साउन २५ सोमबार

  • इ.स.: 2026 August 10,MONDAY

  • वि.सं.: २०८३, साउन २५ सोमबार

  • वडा २७ बाट एक वर्षमा करिब ७ सय जनालाई सिपमूलक तालिम : १५० जनालाई एकै पटक प्रमाण पत्र वितरण

    'हामीले दिएको सिपमूलक तालिमपछि रोजगार वा स्वरोजगार भएको हेर्न चाहन्छौँ' – कार्यवाहक प्रमुख, डंगोल

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २७ ले एक वर्षमा करिब ७ सय व्यक्तिलाई सिपमूलक तालिम प्रदान गरेको छ । गायन, वादन, नृत्य, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक, हस्पिटालिटी लगागत विभिन्न विधामा तालिम दिएको हो । सेनिटरी प्याड उत्पादन, वेकरी, वारिस्ता, मोवाइल जर्नालिज्म, टुर अपरेटर र उद्घोषण विधाका तालिम लिएका १५० जना प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण समारोहमा यस सम्बन्धी जानकारी दिइएको छ । 

    त्यस अवसरमा बोल्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, तालिम लिएकालाई रोजगार वा स्वरोजगार बनाउने उद्देश्य राखिएको बताउनुभयो । ‘एकै जनाले सबै तालिम लिनेभन्दा, रुचिको एउटै विषयमा दक्ष हुने गरी तालिम लिनुपर्छ । यसबाट मात्र दिगो आय आर्जन गर्न सकिन्छ ।’ डंगोलको भनाइ थियो । 

    हामीले यस वर्ष करिब एक दर्जन विधामा ७ सयजना भन्दा धेरै व्यक्तिलाई तालिम दिइसकेका छौँ । कार्यक्रममा वडाध्यक्ष योगेशकुमार खड्गीले भन्नुभयो, ‘हामीले परम्परागत सिपदेखि अत्याधुनिक र प्रविधिजन्य विषयमा तालिम दिएका हौँ ।’ 

    ‘तालिम लिएका मध्ये माटोबाट मखुण्डो बनाउनेहरु आफैँ व्यवसाय चलाउन थालिसक्नुभएको छ । वारिस्ताका प्रशिक्षार्थी प्रशिक्षक भइसक्नुभएको छ ।’ खड्गीले जानकारी दिनुभयो । वडाले धिमे नृत्य, जुम्बा, पौडी, बालबालिकामा फुटवल स्तरोन्नति तालिम लगायत तालिम सम्पन्न गरिसकेको छ । अब कम्प्युटरमा आधारित तालिम सञ्चालन गर्दैछ । 

  • प्रकाशित मिति सोमबार २५ साउन २०८३ ०७:०० PM