Logo
• वि.सं.: २०८३, कात्तिक १७ मंगलबार

• इ.स.: 2026 November 3,TUESDAY

• वि.सं.: २०८३, कात्तिक १७ मंगलबार

• ‘राष्ट्रिय सभा गृह’ र ‘काठमाडौँ फिल्म फेस्टिभल’

मौलिक कथा विस्तारको प्रतिवद्धतासहित सकियो काठमाडौँ फिल्म फेस्टिभल

काठमाडौँ । काठमाडौँ फिल्म फेस्टिभलमा सर्ट भिडियो, डकुमेन्ट्री र लघु चलचित्रगरी ३८ वटा मध्ये प्रदर्शनमध्ये २९ वटाको प्रदर्शन राष्ट्रिय सभा गृहमा सम्पन्न गरियो । सर्ट भिडियो च्यालेञ्ज र नेपाल पानोरामाबाट छानिएका सर्ट भिडियो र लघुचलचित्र तथा पुराना नेपाली चलचित्रहरुको प्रदर्शन राष्ट्रिय सभा गृहमा सम्पन्न गरिएको हो । यसबाहेक नेपाली चलचित्र उद्योग, कला, साहित्य, प्रशासन, राजनीतिसहित विभिन्न क्षेत्रको सम्मानका लागि आयोजना गरिएको रेड कार्पेट पनि राष्ट्रिय सभा गृहमै आयोजना गरियो ।

नेपाली चलचित्रको इतिहास नयाँ पुस्तालाई बुझाउने तथा पुस्तान्तरण गर्ने उद्देश्यले प्रदर्शन गरिएका पुराना नेपाली चलचित्रहरु के घर के डेरा र कुमारीको विशेष प्रदर्शन पनि सभा गृहमै आयोजना गरिएको थियो । यस्तै सर्ट भिडियो च्यालेञ्जको अवार्ड कार्यक्रम र नेपाल पानोरामाबाट लघु चलचित्रलाई प्रोत्साहन पुरस्कार प्रदान गर्ने कार्यक्रम पनि सभा गृहमै सम्पन्न गरियो ।

जापानका चलचित्र निर्देशक ताकायुकी नाकामुराले प्रस्तुत गर्नुभएको ‘यागामाता युनेस्को फिल्म सिटी सर्टस्’ सभा गृहमै प्रदर्शन गरिएका थिए । यसमा ‘सनी स्पट–स्टोरी अफ अ बिलभ्ड लोकल सुपरमार्केट’, ‘द राइटर्स अफ देवा’, ‘मेमोरिज द्याट सीप क्यारी जेनघिस खान इन जो ओन्सेन’, ‘टन–द वे अफ द मास्टर वर्डस्मिथ कानबयासी सुन्चीरा’, ‘द सेक अफ यागामाता - माउण्ट जोज ब्लिसिङ’ प्रदर्शित थिए । यी प्रदर्शनका समयमा निर्देशक नाकामुराले सर्टस र सहरको पृष्ठभूमिका विषयमा स्पष्ट पार्नुभएको थियो ।

यति धेरै कार्यक्रम सभा गृहमा केन्द्रीत गर्नुको कारणका बारेमा कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘हामीले एकै पटक पूर्णता खोज्न थाल्यौँ भने यात्रा सुरु नै गर्न सकिँदैन । त्यसैले महानगरपालिकासँग उपलब्ध जुन स्थान छ, त्यही स्थानको अधिकतम उपयोग गर्नका लागि सभा गृह केन्द्रीत कार्यक्रम गरेका हौँ । यात्रा सुरु गरिसकेपछि सुधारका ठाउँ देखिन्छन् । राष्ट्रिय सभा गृह नगरबासीको कार्यक्रम स्थल हो । आफैँले कार्यक्रम आयोजना गरेर यसमा भएका त्रुटि पत्ता लगाएर आगामी दिनमा समृद्ध कार्यक्रम स्थलका रुपमा विकास गर्दै जानका लागि हामीले आफ्नै ठाउँ राष्ट्रिय सभा गृहमा यति धेरै कार्यक्रम गरेका हौँ ।’

सभा गृहमा चलचित्र प्रदर्शन गर्दा प्राविधिक रुपमा कति स्तरीयता कायम गर्न सक्नुभयो त, भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, ‘हामीले जति सोचेका थियौँ । त्योभन्दा राम्रो प्रतिक्रिया पाएका छौँ । असन्तुष्ट हुनु पर्ने अवस्था आएन । सुधार गर्नका लागि आफैँले आवश्यक ठाउँ देखेका छौँ ।’

सभा गृह, जय नेपाल सिनेमा घरसहित फेस्टिभलका कार्यक्रमहरु नेपाल पर्यटन बोर्डमा समेत आयोजना गरिएका थिए ।

कार्तिक १३ गते बसन्तपुरमा सम्पदा पद यात्रा र औपचारिक समारोहबाट सुरु भएको फेस्टिभल १५ गते बौद्धबाट तारागाउँ सम्मको पैदल मार्गको यात्रा र एम्पीथियटरमा समापन गरिएको थियो ।

बोर्डमा सांघाई फिल्म एकेडेमी, फिल्म आर्टस् रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्काे मुलरको ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवका बिच चलचित्र सौन्दर्य शास्त्र (द इन्पोटेन्स अफ फिल्म एस्थेटिक्स फ्रम द ग्लोबल साउथ एण्ड द इन्टरनेशनल फेस्टिभल सर्किट) विषयमा मास्टर क्लास भएको थियो ।

यस्तै पर्यटन बोर्डमा ‘चलचित्र, महोत्सव र सार्थक जीवन (फिल्म्स्, फेस्टिभल्स एण्ड अ लाइफ वेल लाइभ्ड)’ विषयक अन्तरसंवादमा भारतीय चलचित्र अभिनेत्री शवाना आजमी र नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काले आपसी ज्ञान, सिप, व्यक्तिगत, पारिवारिक र पेशागत अनुभव आदानप्रदान गर्नुभएको थियो ।  बोर्डमा ‘सिर्जनात्मक सहरहरुको प्रवर्धनका लागि फिल्म र महोत्सव (नर्चरिङ् क्रियटिभ सिटिज थ्रु फिल्म एण्ड फेस्टिभल्स)’ विषयक प्यानल डिस्कसन भएको थियो ।

• प्रकाशित मिति मंगलबार १७ कात्तिक २०८३ ०८:२२ PM