वि.सं.: २०८३, भदौ २९ सोमबार
इ.स.: 2026 September 14,MONDAY
वि.सं.: २०८३, भदौ २९ सोमबार
'हामीलाई कतै रोकिने वा मोडिने छुट छैन' - विभागीय प्रमुख, ढकाल
काठमाडौँ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यवहारिक र प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ‘स्रोत शिक्षक’हरुसँग कार्य सम्पादन करार सम्झौता गरेको छ । सम्झौता पत्रमा विभागका प्रमुख नमराज ढकाल र स्रोत शिक्षकहरुले हस्ताक्षर गर्नुभएको छ । ‘स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८०’ र शिक्षा तथा स्वास्थ्य समितिले साउन २२ गते गरेको निर्णयका आधारमा सम्झौता गरिएको हो ।
स्रोत शिक्षकले आफ्नो कार्यक्षेत्र भित्रका विद्यालयहरूको शिक्षण सिकाइ वातावरण सुधार गर्न मासिक तथा साप्ताहिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ । महानगरको शैक्षिक नीति र कार्यक्रमहरूलाई विद्यालय स्तरमा प्रभावकारी रूपमा लागू गराउन सहजीकरण गर्ने, शिक्षकहरूको पेशागत विकासमा सहयोग गर्ने र विद्यालयका समस्या समाधानका लागि समन्वय गर्ने दायित्व स्रोत शिक्षकलाई प्रदान गरिएको छ ।
स्रोत शिक्षकले आफ्नो पदाधिकार रहेको विद्यालयमा अनिवार्य रूपमा दैनिक न्यूनतम एक घण्टी कक्षा लिनुपर्नेछ । विद्यालय समयमा इहाजिरी मार्फत उपस्थिति जनाउनुपर्नेछ । स्रोत शिक्षकले तालिम लगायत कार्यक्रममा सहभागी भएर कक्षा लिन नसक्ने भएमा महानगरपालिकाले सट्टा शिक्षकको व्यवस्था गर्नेछ ।
यो सम्झौता २०८४ असार मसान्तसम्मका लागि हो । विभागीय प्रमुख ढकालका अनुसार स्रोत शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई करारमा उल्लिखित लक्ष्य प्राप्ति र सूचकहरूको प्रगतिका आधारमा आबद्ध गरिनेछ ।
‘सामुदायिक शिक्षाको गुणस्तरलाई प्रतिस्पर्धी बनाउन योजनावद्ध शिक्षण सिकाइ र बालमैत्री वातावरण बनाउनु पर्छ । हामीलाई यो लक्ष्यमा रोकिने र मोडिने छुट छैन ।’ विभागीय प्रमुख ढकालले स्रोत शिक्षकसँग अपेक्षा राख्नुभयो ।
समग्र शैक्षिक नतिजामा सुधार सम्झौताको लक्ष्य हो ।
स्रोत केन्द्र र स्रोत शिक्षक
काठमाडौँ महानगरपालिका अन्तर्गत साविकमा भएका ११ वटा स्रोत केन्द्रलाई अहिले ९ वटामा कायम गरिएको छ । शान्ति निकुञ्ज मा. वि. भगवतीबारी, टङ्गाल मा. वि. टङ्गाल, जनप्रभात मा. वि. कालीमाटी, पद्मकन्या मा. वि. डिल्लीबजार, कोटेश्वर सरस्वती मा. वि. कोटेश्वर, पशुपति मित्र मा. वि. चाबहिल, गुहेश्वरी मा. वि. सिनामङ्गल, शान्ति शिक्षा मन्दिर मा. वि. ठँहिटी र तरुण मा. वि. बालाजु स्रोत केन्द्र हुन् ।
शान्ति निकुञ्ज मा. वि. भगवतीबारी स्रोत केन्द्रले वडा नम्बर ११, १५, १९, २०, २१, २२ र २३ का १५ वटा सामुदायिक र ४६ वटा संस्थागत विद्यालय हेर्नेछ । यस केन्द्रको स्रोत शिक्षक दिनेश के. सी. लाई दिइएको छ । टङ्गाल केन्द्र अन्तर्गत वडा नम्बर २, ३, ४, ५ र ३० का ८ वटा सामुदायिक र ७१ वटा संस्थागत विद्यालय छन् । यस केन्द्रको स्रोत शिक्षक प्रतिमा दुलाललाई दिइएको छ । जनप्रभात मा. वि. केन्द्रले वडा नम्बर १२, १३ र १४ का १० वटा सामुदायिक र ४४ वटा संस्थागत विद्यालय हेर्छ । यस केन्द्रको स्रोत शिक्षकको जिम्मेवारी कमलप्रसाद भट्टलाई दिइएको छ ।
पद्मकन्या मा. वि. मा स्रोतमा खगराज जोशीलाई स्रोत शिक्षकको जिम्मेवारी दिइएको छ । यस केन्द्रले वडा नम्बर १, १०, २७, २८ र २९ का ११ वटा सामुदायिक र ३२ वटा संस्थागत विद्यालय हेर्नेछ । कोटेश्वर सरस्वती केन्द्रले वडा नं. ३२ र कारागार क्षेत्रका गरी ५ सामुदायिक विद्यालय र ४६ वटा संस्थागत विद्यालय हेर्नेछ । यस केन्द्रको जिम्मेवारी सुशील खनाललाई तोकिएको छ । पशुपति मित्र केन्द्रमा नारायण नेपाललाई स्रोत शिक्षकका रुपमा खटाइएको छ । यस केन्द्र अन्तर्गत वडा नम्बर ६ र ७ का ८ वटा सामुदायिक र ७० वटा संस्थागत विद्यालय पर्छन् । गुहेश्वरी मा. वि. केन्द्रले वडा नम्बर ८, ९ र ३१ का ८ वटा सामुदायिक र ४९ वटा संस्थागत विद्यालय हेर्नेछ । यसको जिम्मेवारी रमेसकुमार दर्जीलाई दिइएको छ ।
शान्ति शिक्षा मन्दिर केन्द्रमा रश्मी तामाङ्लाई स्रोत शिक्षकका रुपमा खटाइएको छ । यस केन्द्रले वडा नम्बर १७, १८, २५, २६ र २७ का १३ वटा सामुदायिक र २५ वटा संस्थागत विद्यालय हेर्छ । तरुण मा. वि. केन्द्रले वडा नम्बर १६ का ६ वटा सामुदायिक र ४६ वटा संस्थागत विद्यालय हेर्छ । कपिलजङ्ग पाण्डेलाई यस केन्द्रको स्रोत शिक्षकको जिम्मेवारी प्रदान गरिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App