वि.सं.: २०८२, मंसिर २० शनिबार
इ.स.: 2025 December 6,SATURDAY
वि.सं.: २०८२, मंसिर २० शनिबार
‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत बिद्यार्थीको नतिजा सुधार गर्न विदाका समयमा क्याम्प
काठमाडौँ । कक्षा १० का विद्यार्थीहरुको शैक्षिक नतिजा सुधारका लागि काठमाडौँ महानगरपालिकाले दशैँ र तिहार पर्वका बिच अवधिमा ‘फेस्टिभल क्याम्प’ गर्ने भएको छ । क्याम्पमा सहभागी हुन २ हजार २७७ जना विद्यार्थीले चासो देखाएका छन् । सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाका अनुसार ११ वटा स्रोत केन्द्र र एसइई परीक्षामा १५० भन्दा बढी विद्यार्थी भएका ५ ठूला विद्यालय गरी १६ वटा विद्यालयलाई क्याम्प सञ्चालन गर्ने केन्द्रका रुपमा उपयोग गरिनेछ । क्याम्पका लागि कम्तीमा १५० जना विद्यार्थी सहभागी हुनुपर्नेछ । विद्यार्थीलाई क्याम्पमा सहभागी हुन अनिवार्य गरिएको छैन ।
एउटा कक्षामा कम्तीमा २५ जना र बढीमा ३५ जना बिद्यार्थीलाई सहभागी गराइनेछ । गणित, विज्ञान र सामाजिक विषयमा सहयोग गर्ने गरी परियोजनामा आधारित कक्षा चल्नेछन् । स्टिम शिक्षाशास्त्रको सिद्धान्त, इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, सांस्कृतिक कार्यक्रम, क्याम्प फायर र स्टारगाजिङमा सहभागी हुन पाउनेछन् ।
कक्षा १० का विद्यार्थीहरुलाई अध्ययनप्रति रुचि जगाउनु कार्यक्रम सञ्चालनको मुख्य उद्देश्य हो । यस प्रकारको सिकाइबाट नतिजामा सुधार हुने अपेक्षित नतिजा हो ।
नतिजा सुधारका लागि यस अघिका प्रयास
नेतृत्व परिवर्तनसँगै शैक्षिक क्षेत्रको सुुधारका लागि गुणात्मक र परिमाणात्मक कार्यक्रमलाई प्राथमिकता दिएर सञ्चालन गरिएका छन् । सङ्घीय सरकारको मापदण्डबमोजिम ५ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क खाजाको सुविधा उपलब्ध गराउने रकम दोब्बर गरी गरिएको छ । सामुदायिक विद्यालयको कक्षा कक्षा १० सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई दिवा खाजाका रुपमा सन्तुलित आहारका लागि रकमको व्यवस्था गरिएको छ । पुस्तकविहिन शुक्रबार (बुक फ्री फ्राइडे) ले विद्यार्थीहरूलाई गहन सोच्ने क्षमता, रचनात्मकता, सञ्चार र सहकार्यको अभ्यासमा उत्प्रेरित गरेको छ ।
आयोगका सदस्य झाका अनुसार गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापक र शिक्षकहरूलाई स्वामित्व सिर्जना गर्न क्षमता विकास र प्रोत्साहनका कार्यक्रम थालिएका छन् । ११ वटा स्रोत केन्द्रमा ११ जना स्रोत शिक्षक नियुक्ति गरिएको छ । यो नयाँ अभ्यासले नेतृत्वको नीतिलाई कार्यान्वयनसँग जोडेको छ । गएको वर्ष ग्रेड सुधार गर्न अतिरिक्त समयमा उपचारात्मक कक्षा सञ्चालन गर्न विद्यालयहरूलाई आर्थिक अनुदान प्रदान गरिएको थियो । २०८० सालको एसइइ परीक्षामा ७८ प्रतिशत विद्यार्थीहरूले बी ग्रेडभन्दा माथिको नतिजा हासिल गर्नु कार्यक्रमको उपलब्धी हो ।
गएको वर्षको यो सफल अभ्यासलाई निरन्तरता दिँदै महानगरपालिकाको गौरव योजना अन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत बिद्यार्थीको नतिजा सुधार गर्न दशैँ र तिहारको बिच र जाडो बिदामा एसइइ सहायता हुने गरी क्याम्प सञ्चालन हुनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App