वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
योगलाई हात खुट्टा तन्काउने कलामा रुपमा मात्र हेर्नु हुँदैन, यो त तन र मनलाई जोड्ने विधि हो - संयोजक, महर्जन
                        काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ । १० औँ राष्ट्रिय योग दिवसको अवसर पारेर स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा माघ ४ गतेसम्म विहान ७ बजेदेखि योग विज्ञहरूबाट नियमित योग ध्यान, प्रवचन, योग आसन प्रदर्शन, योग संगीतसहित शारीरिक र मानसिक स्वास्थ्य प्रवर्धनका कार्यक्रम हुनेछन् । यस्तै, नसर्ने रोग सम्बन्धी कार्यशाला, बिज्ञहरुसँग छलफल, अन्तरक्रिया, नसर्ने रोगको स्क्रिनिङ्, स्वास्थ्य तन्दुरुस्ती र पोषण परामर्श प्रवर्धनात्मक स्वास्थ्य सेवामा समेटिएका छन् ।
कार्यक्रम शुभारम्भ गर्दै आज स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भन्नुभयो, ‘पछिल्लो समय योगलाई हात र खुट्टा तन्काउने कलाका रुपमा बुझ्न थालिएको छ । योग त शारीरिक कलामाथि धेरै माथि तन र मन जोड्ने सशक्त माध्यम हो । स्वस्थ्य रहन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा सन्तुलित हुनुपर्छ । यो फल योग र ध्यानबाट प्राप्त गर्न सकिन्छ ।’
महानगरपालिकाले निरोधात्मक र प्रवर्धनात्मक स्वास्थ्य सेवालाई प्राथमिकता दिएको उल्लेख गर्दै महर्जनले, विज्ञान र प्रविधि तथा आर्जित सम्पत्तिले भौतिक सुविधा दिने तर सुख नदिने बताउनुभयो । सुखका लागि योग नै उत्तम विधि हो । यसकारण हामी सहरबासीलाई सुख महसुस गराउन योगका कार्यक्रमलाई प्रवर्धन गरिरहेका छौँ । महर्जनको भनाइ थियो ।
‘योग विज्ञानलाई विद्यालय तहको औपचारिक शिक्षामा समावेश गरेर यसको महत्वलाई ज्ञान र व्यवहारमा कार्यान्वयन गर्ने योजना बनाएका छौँ ।’ कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले भन्नुभयो, ‘बालिबालिकाको चारित्रिक विकासका लागि योग सिकाइ महत्वपूर्ण माध्यम हो ।’ 
‘आनन्दमय जीवन जिउने कलाका लागि यौगिक परामर्श, फल अपेक्षाविनाको सेवा, आसन, प्राणायाम, ध्यान, स्वस्थ्यकर भोजन, तनाव व्यवस्थापन आवश्यक हुन्छ ।’ कार्यक्रमको निरन्तताका बारेमा महानगरको स्वर्णिम योजना ‘आरोग्य जीवन’का फोकल पर्सन ज्ञानबहादुर ओली भन्नुहुन्छ, ‘हरेक वडामा योग कक्षा सञ्चालन गर्न प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेका छौँ । योग दिवसका कार्यक्रम सकिए पनि योग अभ्यासलाई निरन्तरता दिनेछौँ ।’
सहरी जीवनशैली क्रमशः अस्वस्थ्यकर खानपान र निष्क्रियतातर्फ उन्मुख भइरहेकोले यसबाट सिर्जना हुन सक्ने दीर्घ र नसर्ने रोगको जोखिमबाट बचाउन योग तथा स्वास्थ्य परामर्श शिविर सञ्चालन गरिएको स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. को भनाइ छ । पछिल्लो समय जीवनशैलीसँग सम्बन्धित मधुमेह, उच्च रक्तचाप, क्यान्सर, हृदयाघात, मस्तिष्कघात, अम्लपित्त, क्यान्सर, मिर्गौलाको खराबी, दम, माइग्रेन, चिन्ता, डिप्रेसन, ढाड दुख्ने, उच्च बोसोपन, मोटोपना जस्ता समस्याबाट मानव मृत्यु भइरहेको छ । सक्रिय जीवनशैलीले रोग लाग्नबाट रोक्न सक्छ । रोग लागेर उपचारकै क्रममा पनि योग अभ्यासबाट समस्या घटाउन सकिन्छ । योग गरेर अन्य औषधि छुटाउँछु भन्नु हुँदैन । योगको कुनै लाभ छैन पनि भन्नु हुँदैन । आवश्यकताका आधारमा छुट्टाछुट्टै वा सँगै योग अभ्यास र ध्यान गरे दुवैबाट लाभ पाउन सकिन्छ । 
कार्यक्रमका विषय प्रस्तुति तथा योग कक्षा सञ्चालनका लागि काठमाडौँ विश्वविद्यालयसहित योग शिक्षा अध्यापन गराउने विश्वविद्यालय, जीवन विज्ञान, पतञ्जली योग, ओशो तपोवनसहित योग अभ्यास र योग विज्ञानको प्रवर्धनमा सक्रिय संघसंस्थाहरुको सहकार्य गरिएको छ । 
विश्व स्वास्थ्य सङ्गठनकाअनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र होइन । स्वस्थ्य हुन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा सन्तुलित हुनुपर्छ । यो सबैको प्राप्ति योगबाट सम्भव छ ।
योगलाई विधिपूर्वक गर्नु पर्छ । जसले पनि योग गर्न मिल्छ, भन्नु हुँदैन । व्यक्तिमा भएको शारीरिक तथा मानसिक अवस्थाको परीक्षण गरेर त्यसअनुरुप योग गराउनु उपयुक्त हुन्छ । योग चिकित्सामा सरीर तथा मनका विभिन्न अभ्यास गरिन्छ । यसबाट विश्रामको गहिरो अवस्था पुग्न सकिन्छ ।
महानगरपालिकाले सहरबासीलाई दीर्घ र नसर्ने खालका रोगबाट बचाउन उपचारात्मक स्वास्थ्य सेवासँगै प्रवर्धनात्मक, निरोगात्मक, सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।




                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App