वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
बेसमेन्ट पार्किङ् खुल्ला गराउन प्रमुख शाह आफैँ फिल्डमा
काठमाडौँ । पार्किङ्का लागि नक्सा स्वीकृत गराएर अन्य प्रयोजनमा ल्याउने बेसमेन्टको, सेमी बेसमेन्ट र जमिन तलाका अनधिकृत संरचना हटाउन काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) आफैँ फिल्डमा जाने गर्नुभएको छ । यस क्रममा आज सुन्धारा, नयाँ सडक र दरबारमार्ग पुग्नुभयो ।
अनधिकृत संरचना हटाएर पार्किङ् स्थान खुल्ला गर्ने क्रममा आज सुन्धाराको काठमाडौँ मल, नयाँ सडक पुखद्यां मार्गको आरबी कम्प्लेक्स, नविल बैङ्क रहेको भवनमा बेसमेन्ट जाने बन्द गरिएको ठाउँ भत्काएर प्रवेश मार्ग खुल्ला गरिएको छ । यस्तै दरमारमार्गमा रहेको लण्डन पबको बन्द मार्ग खुल्ला गरिएको छ ।
काम थालनीका बारेमा महानगरका प्रमुख शाह भन्नुहुन्छ, ‘हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ । ३५ दिने सूचना जारी गरेका थियौँ । तर, सो अबधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनु भएको तीतो अनुभव हामीसँग छ ।’
‘महानगरले अनधिकृत संरचनाहरुको अनुगमनलगायतका गतिबिधिलाई निरन्तरता दिनेछ । हामी अनुरोध गर्दछौँ कि अनधिकृत संरचनाहरु नबनाइयोस् । बनाएका अनधिकृत संरचनाहरु आफैले भत्काउनुहोस् । त्यस्ता संरचनाहरु भाडामा लगाउने नगरियोस् ।’ शाहले अनुरोध गर्दै भन्नुभएको छ, ‘अनधिकृत संरचनाका भाडावालहरुलाई पर्न गएको असुविधाप्रति हामी दुःख व्यक्त गर्दछौँ । साथै, त्यस्ता संरचनाहरु भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पु¥याएवापत हुन सक्ने कानुनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरुबाट क्षतिपूर्ति गराउनेतर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउन चाहन्छौँ ।’
काठमाडौँ महानगरले ‘३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेर बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न अनुरोध गरेको थियो । सूचनाको म्याद सकिँदासम्म पनि कसैबाट जिम्मेवारीपूर्वक पार्किङ् नखुलाएपछि महानगरले भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट कारवाही सुरु गरेको हो ।
बानेश्वर क्षेत्रमा पार्किङ् व्यवस्थापनमा सुधार देखिएको छ । यो परिवर्तन स्थानीय घरधनी र व्यापारीको सहयोगबाट प्राप्त भएको महानगरका प्रमुख शाहको भनाइ छ ।
आज अनधिकृत संरचना हटाउने कामसँगै वडा नं. ३२ क्षेत्रमा सडक अतिक्रमणविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरियो । कार्यक्रमका बारेमा जानकारी दिँदै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा पैदल मार्गमा पैदल यात्रीले निर्वाध हिँड्न पाउने व्यवस्था मिलाउन सचेतना कार्यक्रम गरेका हौँ ।’
भवन मापदण्ड २०६४ अनुसार व्यवसायिक सार्वजनिक भवन (तारे होटल, सिनेमा हल, थियटर, व्यापारिक कम्प्लेक्स, नर्सिङ् होम, पोलिक्लिनिक, सरकारी अर्धसरकारी कार्यालय) का लागि जमिनको २० प्रतिशत भागमा पार्किङ्को व्यवस्था हुनुपर्छ । स्कूल, क्याम्पसजस्ता शैक्षिक संस्थाका लागि १५ प्रतिशत भाग छोड्नु पर्छ । नक्सा स्वीकृत हुँदा यही मापदण्डका आधारमा गर्ने गरिएको छ ।
तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App