वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
उहाँले नक्सा माग्नुभयो, म नक्सासँगै डोजर लिएर गएँ — प्रमुख शाह
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले अल्फाविटा कम्प्लेक्सका निर्देशकले नक्सा माग गर्नु भएको प्रसङ्ग उल्लेख गर्दै आफूले कार्यालयबाट नक्सासँगै डोजर पनि लिएको गएको उल्लेख गर्नुभएको छ । व्यवसायिक भवनको बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तलाको प्रयोग अनुगमन गर्न विहान बानेश्वरमा रहेको कम्प्लेक्समा पुगेको बेला अल्फाविटाका निर्देशक द्विराज शर्माले महानगरसँग नक्सा होला, हेर्नोस् भनेर आफू कानुनी रुपमा बलियो भएको दावी प्रस्तुत गर्नुभएको थियो । त्यसपछि प्रमुख शाह कार्यालयमा आएर नक्सा लिएर फेरि कम्प्लेक्स जानुभएको थियो ।
त्यहाँ पुगेर कम्प्लेक्सको बेसमेन्ट प्रवेश गर्ने ठाउँमा बनाइएको संरचना भत्काउन लगाउनुभयो । यो क्रम उल्लेख गर्दै प्रमुख शाह भन्नुहुन्छ, ‘उहाँले आफ्नै नक्सा मसँग माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।’
नक्सा स्वीकृत हुने बेला खुलाइएको प्रयोजन विपरीत सञ्चालनमा भएका संरचनाका विषयमा प्रमुख शाह भन्नुहुन्छ, ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफँै बुझेर अनधिकृत रुपमा बनाइएका संरचना आफैँ हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ । त्यहीअनुसार निर्माण र प्रयोग गरिदिनुहोला ।’
महानगरले बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न ३५ दिने सूचनामार्फत अनुरोध गरेको थियो । सूचनाको म्याद सकिँदासम्म पनि कसैबाट जिम्मेवारीपूर्वक पार्किङ् नखुलाएपछि भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट अनधिकृत संरचना हटाउन सुरु गरेको हो ।
काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ देखि ०७८/०७९ सम्ममा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका २७८ वटा भवनको नक्सा स्वीकृत गरेको छ । सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यका अनुसार यी आर्थिक वर्षहरुमा क्रमशः ८६ वटा, ७७ वटा, ६५ वटा र ५० वटा भवनको नक्सा स्वीकृत भएको हो । यी भवनको बेसमेन्ट वा सेमी बेसमेन्टमा कि पार्किङ् गराउनुपर्छ कि भण्डार बनाउनु पर्छ । तर यीमध्ये अधिकांशले अन्य प्रयोजनमा ठाउँलाई प्रयोगमा ल्याएका छन् ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेकाअनुसार आज अल्फाविटासँगै बानेश्वरबाट शंखमुल जाने सडकमा रहेको बर्गर हाउसलाई कारवाही गरिएको छ । त्यस क्षेत्रमा बेसमेन्टको प्रयोग गरेर करीव ५ ठाउँमा पसल, रेष्टुरेन्टजस्ता व्यवसाय सञ्चालनमा छन् । उनीहरुलाई प्रयोजनअनुरुप संरचना प्रयोग गर्न सचेत गराइएको छ । आजको कारवाहीका विषयमा जानकारी दिँदै पाण्डे भन्नुहुन्छ, ‘वडा नं. ९ मा मुक्ति विकास बैङ्क भएको भवनको बेसमेन्टमा सञ्चालन भएको व्यवसाय वडाध्यक्षको रोहबरमा बन्द गराइएको छ ।’
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App