वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
स्वास्थ्य सेवाको गुणस्तर बढाउन काठमाडौँ महानगरपालिकाले डाक्टर र नर्स नियुक्त गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ जना इञ्जिनियर, ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्सको अस्थायी दरबन्दी स्वीकृत गरेर चालु आर्थिक बर्षका लागि करारमा लिने निर्णय गरेको छ । भदौ १२ गते महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको आठौँ कार्यपालिका बैठकले यससँगै विभिन्न निर्णय गरेको छ । बैठकमा २७ वटा प्रस्ताव थिए ।
बैठकले दिना श्रेष्ठ, शंकरप्रसाद पुडासैनी, ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकार नियुक्त गरेको छ । यस्तै यस्तै होटल, रेष्टुरेन्ट तथा बजारमा विक्री हुने खाद्य बस्तुको गुणस्तर परीक्षण गर्न खाद्य प्रविधि अध्ययन गरेका खाद्य निरीक्षक लिने, करारमा भएका कर्मचारीहरुको पुस मसान्तसम्म म्याद थप्ने, अस्थायी करारका कर्मचारीह्रुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने लगायत निर्णय भएका छन् ।
यसै गरी भूउपयोग परिषद् र व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको छ ।
बैठकमा प्रमुख शाहले, स्वास्थ्यका सबै समस्या जटिल नहुने र जनरल फिजिसियनसँग परीक्षण गराउँदा धेरै समस्या समाधान गर्न सकिने भएकोले एमडीजीपी डाक्टर र नर्सहरुलाई करारमा लिन लागिएको जानकारी दिनुभयो । त्यस्तै स्थानीय स्तरका विकास योजनालाई प्रक्रियामा लैजान प्राविधिक जनशक्तिको कमी भएकोले इञ्जिनियहरुलाई करारमा लिन लागिएको हो । प्रमुख शाहको भनाइ थियो ।
त्यस क्रममा उपप्रमुख सुनिता डंगोलले, शिक्षा, स्वास्थ्यलगायत संवेदनशील विषयमा छलफल भएको र सबै प्रस्ताव सर्वसम्मत भएको उल्लेख गर्दै कतिपय संवेदनशील विषय र सन्दर्भ कार्यपालिका आउँदासम्म ढिला नहुने गरी काम गर्नुपर्ने बताउनुभयो । जात्रा पर्वलाई नियमित गर्ने, डेङ्गेलगायत महामारी नियन्त्रण गर्ने जस्ता विषय संवेदनशील हुन्छन् । उहाँको भनाइ थियो ।
बैठकमा कार्यपालिका सदस्यहरुले विभिन्न प्रस्तावमाथि आफ्ना धारणा राख्नुभएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App