वि.सं.: २०८३, वैशाख ५ शनिबार
इ.स.: 2026 April 18,SATURDAY
वि.सं.: २०८३, वैशाख ५ शनिबार
मनोरञ्जन कर बुझाउन क्यासिनोहरुलाई काठमाडौँ महानगरको पत्राचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ७ वटा क्यासिनोलाई पत्र पठाउँदै मनोरञ्जन कर तिर्न अनुरोध गरेको छ । राजस्व विभागले पठाएको पत्रमा विवरण र सोअनुसारको कर तिर्न ७ दिनको समय दिएको छ ।
विभागका प्रमुख डा. अधिकारीकाअनुसार बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था छ । महानगरले ताकेता गर्दा पनि क्यासिनो सञ्चालकले अहिलेसम्म अटेर गर्दै आएका छन् ।
तोकिएको समयभित्र जरिवानासहित कर नबुझाए काठमाडौँ महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम सरकारी बाँकी सरह असुल उपर गरिने पत्रमा उल्लेख छ ।
आज पत्राचार गरिएका क्यासिनोहरुमा होटल म्यारियटमा रहेको डेल्टीन क्यासिनो र अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस वडा १ क्षेत्रमा छन् । वडा १ जस्तै वडा २६ मा पनि २ वटा क्यासिनो छन् । होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र होटल मल्लमा रहेको बेली क्यासिनो । यीसँगै वडा नं. २ स्थित होटल ¥याडिसनमा रहेको क्यासिनो ¥याट, वडा नं. ६ स्थित होटल हायातमा सञ्चालित प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रियसन र वडा १३ मा स्थित होटल सोल्टीमा रहेको माजोङ् इन्टरटेनमेन्टलाई पत्र पठाइएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App