वि.सं.: २०८२, कात्तिक २० बिहीबार
इ.स.: 2025 November 6,THRUSDAY
वि.सं.: २०८२, कात्तिक २० बिहीबार
तालिम लिएपछि आत्मविश्वाश बढ्यो, आत्मविश्वाश भएपछि आय दोब्बर भएको छ - प्रशिक्षार्थी
काठमाडौँ । शारीरिक अपाङ्गता भएका प्रशिक्षार्थीहरुले तालिम लिँदा लिँदै ४ वटा ल्यापटप र ४ वटा डेक्सटप मर्मत गरेर चल्ने बनाउनुभयो । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन गरेको ६० दिने कम्प्युटर हार्डवेयर चिप लेवल तालिमका प्रशिक्षार्थीहरुले यो नतिजा दिनुभएको हो । थप ७ वटा कम्प्युटरको फल्ट फाइन्डिङ् (समस्या पत्ता लगाउनु) भएको छ । यसका लागि सामान फेर्नु पर्ने भएकोले कुन सामान फेर्ने हो । टिपोट गरेर कम्प्युटरमा टाँस गर्नुभएको छ । सहायक प्रशिक्षक दुर्गामान तामाङ्का अनुसार विग्रिएका ३० वटा कम्प्युटरमध्ये ८ वटा मर्मत भए । सामान फेरेपछि थप ७ वटा कम्प्युटर चलाउन सकिने हुन्छन् । आइतबार तालिमको समापन अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रशिक्षण अवधिको नतिजाका बारेमा उहाँले जानकारी गराउनुभएको हो । तालिम २०८२ वैशाख ३ गतेदेखि सुरु भएको थियो ।
तालिममा मदर बोर्ड रिपेयर, डीसी पावर, व्याट्री चार्जिङ् सक्र्युट, पावर, पावर टेस्ट गर्ने प्वाइन्ट, एडप्टर र चार्जिङ्, चार्जमा हुन सक्ने समस्या, वोर्ड परीक्षण गर्ने उपकरण, विभिन्न प्रकारका कम्प्युटरको रिपेयर फ्लो, रिकभरी, हाइसाइड लो साइड टेस्टिङ्, ल्यापटप एसेम्ब्लिङ्, फाइनल रिभिजनजस्ता चरणका सैद्धान्तिक ज्ञान दिँदै अभ्यास गराइएको थियो ।
तालिम समापन गर्दै कार्यपालिका सदस्यहरु ललिता खड्गीले, सहयोग पाए सहज जीवनयापनका लागि म केही गर्न सक्छु भन्नेहरुका लागि महानगरपालिकाले सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो । यस्तै कार्यपालिका सदस्य महेश नेपालीले, समतामूलक समाज निर्माणका लागि महानगरपालिकासँग भएको स्रोतलाई उच्चतम उपयोग गरिरहेको उल्लेख गर्नुभयो । कसैले लघुताभाष गर्नुनपरोस्, कुनै प्रकारको अपाङ्गता भएका कारण क्षमता उपयोगमा अवरोध नहोस् भनेर महानगरपालिकाले सामाजिक क्षेत्रका काम गरिरहेको उहाँको भनाइ थियो ।
शारीरिक अपाङ्गता भएर आफूलाई कमजोर महसुस गर्नै पर्दैन । कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनले, केन्द्रसँगै वडावडाहरुबाट कार्यक्रम सञ्चालन गरेर सबैलाई समान पहुँच प्रदान गर्ने प्रयास भइरहेको बताउनुभयो ।
प्रशिक्षार्थीहरुमा बढेको आत्मविश्वाश र तालिम अवधिमै नतिजा प्रदर्शन भएको देखेर विभागले गरेको काम सही मार्गमा भएको अनुभूति भएको छ । कार्यक्रममा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले धारणा राख्नुभयो ।
कार्यक्रममा प्रशिक्षार्थीहरुले तालिमबाट आफूहरु आत्मनिर्भरताको बाटोमा पुगेको धारणा राख्नुभयो । प्रशिक्षार्थीहरु १० जनामध्ये २ जना स्वरोजगारमा हुनुहुन्छ । उहाँहरु भन्नुहुन्छ, ‘अब कुनै पनि डेस्कटप र ल्यापटप बनाउन आनाकानी गर्नै पर्दैन । सबै बनाउन सकिन्छ । तालिमले अनुहारमा आत्मविश्वाश दिने रहेछ । यो आत्मविश्वाश देखेर ग्राहकहरुले कामका लागि सजिलै पत्याउनु हुँदो रहेछ ।’ उहाँहरुको अनुभव छ ।
तालिम संयोजक भवानी कपालीका अनुसार यो तेस्रो वर्षको कार्यक्रम हो । गएको वर्ष कम्प्युटरको प्रिन्टरसहितका सामग्री मर्मत गर्न सिकाइएको थियो ।
तालिमका लागि सहकार्य गरेको संस्था अपाङ्गता सिप विकास तथा प्रतिस्थापन केन्द्रका महासचिव लक्ष्मीदास मघैयाका अनुसार तालिम अब जब हब खोलेर प्रशिक्षित सबै जनशक्तिलाई रोजगारमा आवद्ध गरिनेछ । यसपछि तालिम लिएका कसैले पनि वेरोजगार बस्नु पर्दैन ।




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App