वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
अनलाइन फाराम भर्न कठिन हुनेहरुका लागि भोलि विहान १० बजेदेखि साँझ ५ बजेसम्म सहायता कक्षबाट सहजीकरण गर्ने तयारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेशासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि आइसीटी क्षेत्रमा छानिएका ५ वटा पेशामा ७ वटा पेशा थप गरेर १२ वटा बनाएको छ । थपिएका पेशामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स डिजाइन रहेका छन् । यस क्षेत्रमा डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी ५ विधाका तालिम गर्ने तयारी थियो । यस्तै व्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (नक्कली कपाल बनाउने) पेशा थप भएको छ । यसमा सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) गरी ४ पेशा राखिएका थिए ।
यसअघि तयारी गरिएका १० क्षेत्रका ३४ पेशासँग सम्बन्धित तालिममा क्षेत्र थपिएका छैनन् । पेशातर्फ ८ वटा थपिएपछि अब तालिम सञ्चालन हुने पेशाको संख्या ४२ पुगेको छ । रोजगारदाताको माग आएपछि कक्षा थपिएको कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।
तालिममा भाग लिन चाहनेका लागि अनलाइन आवेदन खुला भइसकेको छ । अनलाइन फाराम भर्न नजान्ने तथा कठिन हुनेहरुका लागि सहजीकरण गर्न भोलि राष्ट्रिय सभा गृहमा सहायता कक्ष राख्ने योजना गरिएको समितिका सदस्य विवेक बास्तोलाले जानकारी दिनुभयो । अहिलेसम्ममा ३५ सय ७६ जनाले अनलाइन आवेदन दिइसक्नुभएको छ । यसमा सबैभन्दा धेरै माग डिजिटल मार्केटिङ्को छ । यसपछि क्रमशः बारिस्ता, एआइ, वेकरी र व्युटिसियनको छ ।
महानगरपालिकाले सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो । यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको छ । काठमाडौँ महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिनेछ ।
१८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ ।
तालिमका क्षेत्र र विधा
१० वटा क्षेत्रका ४२ विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ । दैनिक ६ वटा कक्षा सञ्चालन गरेर १ सय घण्टा तालिम दिइनेछ ।
आइसीटीका १२ पेशा र व्युटिसियनका ५ वटा पेशासँगै विशेष क्षमता सहयोगी तालिम (स्पेशल एविलिटी सपोर्ट स्किल), (डाउन सिन्ड्रोम, अटिजम)तर्फ हाउस किपिङ् (पिडब्लुडी) र केयर सर्भिस गरी २ वटा विधाका तालिम चल्नेछन् । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ्, मोबाइल रिपेयरिङ् गरी ४ विधाका तालिम हुनेछन् ।
गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ् गरी २ विधामा तालिम हुनेछन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ्, मेसन, वेल्डिङ् र कार्पेन्ट्री गरी ५ विधामा तालिम हुनेछ । हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र वेकरी गरी ४ विधामा तालिम हुनेछ । अटोमोवाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी ३ विधामा तालिम सञ्चालन हुनेछ । आर्ट एण्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी २ विधामा तालिम हुनेछ । यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम चल्नेछ ।
कुषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम हुनेछ । यस्तै स्टक मार्केट सम्बन्धी तालिम हुनेछ ।
तालिममा सहभागी हुन चाहनेले https://kmc.seepmela.com/ मा क्लिक गरेर खुल्ने पेजमा गएर मागिएका विवरण भरेर पेस गर्नु पर्नेछ ।
तालिमका लागि जेठ ५ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ । यस सम्बन्धी थप जानकारी लिन परे महानगरपालिकाको टोल फ्री नम्बर ११८० मा सम्पर्क गर्न सकिनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App