वि.सं.: २०८२, मंसिर १७ बुधबार
इ.स.: 2025 December 3,WEDNESDAY
वि.सं.: २०८२, मंसिर १७ बुधबार
काठमाडौ - काठमाडौँ महानगर प्रहरी बलले भदौ १४ गते बिहान ९:०० बजे राष्ट्रिय सभा गृहमा ३३ औँ महानगर प्रहरी दिवस मनाउने भएको छ। कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थिति रहनेछ। महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले यो औपचारिक कार्यक्रमको जानकारी दिनुभएको छ।
पाण्डेका अनुसार "महानगर प्रहरी बलले आफ्नो ३३ ओैँ स्थापना दिवसको सुखद् अवसरमा भदौ ११ गते स्वयम्भू परिसरको विशेष सरसफाइ गरेको थियो भने भदौ १२ गते नयाँ वानेश्वरदेखि पुरानो वानेश्वरसम्म सरसफाइ गरेको थियो । त्यस्तै आज भदौ १३ गते बिहान बालाजु पार्कभित्र वृक्षारोपण सम्पन्न गरेको छ ।”
३३ ओैँ महानगर दिवसको उपलक्ष्यमा आ.व. ०८१/०८२ मा राम्रो कार्य सम्पादन गर्ने प्रहरीहरूलाई महानगर प्रहरी गौरव पुरस्कार, उत्कृष्ट महानगर प्रहरी पुरस्कार, महानगर प्रहरी पुरस्कार, ग्रेड वृद्धि लगायतका पुरस्कारले प्रहरीहरूको हौसला बढाइने समेत पाण्डेले जानकारी दिनुभयो ।
काठमाडौँ महानगर प्रहरी बल महानगरपालिका घोषणा हुनु अघि २०५० साल भाद्र १४ गते नगर प्रहरी सेवाका रूपमा गठन भएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App