वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
खाद्य स्वच्छता मूल्याङ्कन गरेर प्रमाणीकरण तथा स्तरीकरण कामको थालनी
                        काठमाडौँ । खाद्य व्यवसायसँग सम्बन्धित सेवालाई प्रमाणीकरण तथा स्तरीकरण गर्न काठमाडौँ महानगरपालिकाले व्यवसायीहरुको क्षमता विकासबाट काम थालेको छ । कोही व्यक्तिले कुनै ठाउँमा खाना खाँदा त्यो खानाले स्वास्थ्यमा कुनै पनि हानी नोक्सानी गर्दैन भन्ने सुनिश्चित हुनुपर्छ । यसरी सुनिश्चित हुने अवस्था खाद्य स्वच्छता हो । यस्तो खानेकुरामा स्वाद, रङ्ग, वास्ना, परिमाण, पोषक तत्व हुनुपर्दछ । गुणस्तर यसैका आधारमा मापन गरिन्छ ।
महानगरपालिकाले ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्धन शिविर (फुड सेफ्टी वुट क्याम्प) कार्यक्रमअन्तर्गत यस वर्ष खाद्य सेवामा क्षेत्रगत व्यावसायी तथा व्यक्तिहरुलाई सेवाको प्रकृतिका आधारमा वर्गीकरण गरेर समूहगत तालिम दिइनेछ । यसको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालय सञ्चालक, व्यवस्थापक तथा भान्छामा काम गर्ने कर्मचारीका लागि आजदेखि २ दिने क्षमता विकास तालिम सुरु भएको छ । स्वच्छ खाना : उत्कृष्ट व्यापार (सेफर फुड : वेटर विजनेस) सोच राखेर थालिएको तालिम दरबार हाइ स्कूलमा भोलिसम्म चल्नेछ । तालिममा करिब ३ सय जना व्यवसायीहरु सहभागी हुनुहुन्छ । यो समूहबाट ४ सय जनालाई तालिम दिने लक्ष्य छ । 
तालिममा ६ वटा कक्षा चल्नेछन् । यसमा खाद्य स्वच्छता र सरसफाइ, स्थान र संरचनाको न्युनतम सुविधा मापदण्ड, क्रस कन्टामिनेसनको रोकथाम, खाद्य भण्डारण (काँचो, पाकेको), उचित प्रयोग नहुँदा खाद्य पदार्थबाट हुने जोखिम, हाइजिन रेटिङ्, सरसफाइ स्तरीकरण र प्रमाणीकरण, प्रचलित कानुनी व्यवस्था (मापदण्ड, व्यवस्था पालना नगर्दा हुने क्षति, दण्ड तथा जरिवाना) क्षमता विकासका विषय हुन् । यी कक्षाहरुमा सरसफाइ र स्वच्छतासँगै शत्रु जीवबाट खाना र खाना बनाउने ठाउँको सुरक्षा, कार्यमैत्री वातावरण, फुड फ्लो (प्राप्त गर्ने, भण्डारण गर्ने, पकाउने र सर्भ गर्ने) को अवस्था, कच्चा पदार्थ सफा गर्ने, भण्डारण गर्ने र पकाउने ठाउँको मापदण्डका बारेमा जानकारी दिइनेछ । यस्तै तापक्रम, साधन तथा उपकरणको प्रयोग र व्यवस्थापन, पेशाकर्मीको व्यक्तिगत सरसफाइलगायत विषयमा कक्षा सञ्चालन हुनेछन् । 
व्यवसायीहरुमा खाद्य सेवा मापदण्डका बारेमा जानकारी भयो भने उत्तरदायित्व बोध गराउन सकिन्छ । नियमन गर्नु अघि प्रचलित व्यवस्थाका बारेमा जानकारी दिनु र मापदण्ड बुझाउन आवश्यक भएकोले तालिम थालिएको हो । खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा भन्नुहुन्छ, ‘तालिमपछि खाद्य सेवा प्रदान गर्ने व्यवसाय मूल्याङ्कन गरेर प्रमाणीकरण र स्तरीकरण गर्नेछौँ । यसबाट हरेक उपभोक्ता, खानेकुरा खाएको स्थानबाट स्वच्छ खाना पाएको सुनिश्चित हुन सक्नेछन् ।’ 
‘स्वच्छ खाद्य सेवाका लागि पालना गर्नु पर्ने अनिवार्य आचरणलाई खाद्य निरीक्षकले निरीक्षण गर्नुहुनेछ ।’ प्रमाणीकरण र स्तरीयकरण प्रक्रियाका बारेमा कार्यक्रमका सल्लाहकार सन्तोष गिरी भन्नुहुन्छ, ‘अवस्थाका आधारमा प्रमाणीकरण र स्तरीकरण गरिएको व्यवसायमा स्क्यान कोड राखिनेछ । कोही उपभोक्तालाई स्तरबमोजिमको सेवा नलागेमा वा चित्त नबुझेमा स्क्यानबाट फोटोसहित आफ्नो गुनासो पठाउन सक्नुहुनेछ । इमेलबाट गुनासो पठाउन र हटलाइनबाट गुनासो टिपाउन सक्नुहुनेछ । यसका आधारमा महानगरपालिकाले गलत क्रियाकलापको नियमन गर्नेछ ।’
खाद्य स्वच्छता मूल्याङ्कन र प्रमाणीकरणयसका लागि महानगरपालिकाले खाद्य स्वच्छता निर्देशिका, सूचक र स्तरीकरण प्रणालीको मस्यौदा तयार पारेको छ ।

 
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App