वि.सं.: २०८२, पुस ९ बुधबार
इ.स.: 2025 December 24,WEDNESDAY
वि.सं.: २०८२, पुस ९ बुधबार
सामुदायिक कुकुर व्यवस्थापनका लागि दिगो सहकार्यमा उपप्रमुख डंगोलको जोड
काठमाडौँ । सहरमा भएका सामुदायिक कुकुर व्यवस्थापनका लागि सम्बन्धित क्षेत्रमा ज्ञान, सीप र दक्षता भएका संघसंस्थाहरुसँग दरिलो सहकार्य अगाडि बढाउने महानगरकी उपप्रमुख सुनिता डंगोलको भनाइ छ । सामुदायिक कुकुरको संख्या बढ्ने क्रममा रहेकोले कार्यक्रम तीब्र बनाउनु पर्ने माग आइरहेका बेला उपप्रमुख डंगोलले, महानगरको स्वास्थ्य विभाग, पशुपंक्षी महाशाखा र इन्स्टिच्युटका अधिकारीहरुसँगको बैठकमा यस्तो बताउनुभएको हो । अहिले महानगरले द जेन गुडल इन्ष्टिच्युटसँगको सहकार्यमा सामुदायिक कुकुरको बन्ध्याकरण, रेविज विरुद्धको खोप र पुनर्स्थापनाका लागि मनुमित्र नाम दिएर परियोजना सञ्चालन गरिरहेको छ ।
‘पशुकल्याणलाई मापदण्ड मानेर सामुदायिक कुकुर व्यवस्थापन गर्नु महानगरका लागि प्राथमिक काम हो । यसका लागि दिगो सहकार्य गर्न हामी तयार छौँ ।’ उपप्रमुख डंगोलको भनाइ थियो ।
बैठकमा महानगरको खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखाका प्रमुख डा. अवधेश झाले, विगतका ज्ञान, सीप र अनुभवलाई निरन्तरता दिँदै क्षमता भएका अन्य संघ संस्थाहरुसँग पनि सहकार्य गर्ने तयारी भएको जानकारी दिनुभयो ।
बन्ध्याकरण र रेविज विरुद्धको भ्याक्सिनका निश्चित रकम उपलब्ध गराउने, यसको सबै काम क्षमता भएका संघ संस्थाले गर्ने गरी कार्यक्रम तयार गर्दैछौँ । कार्यक्रम स्वीकृत भएपछि सार्वजनिक सूचनामार्फत संघसंस्थाहरुलाई सहकार्यका लागि आव्हान गर्छौँ । डा. झाको भनाइ छ ।
बैठकमा इन्स्टिच्युटका प्रतिनिधिहरुले सामुदायिक कुकुर व्यवस्थापनमा महानगरको सहकार्यमा प्राप्त भएका उपलब्धी र सिकाइका विषयमा जानकारी गराउनुभएको थियो ।
सहरमा भएका सामुदायिक कुकुरहरुको भिन्न भिन्न अवस्था छ । सामान्यतया कुपोषण भएका, रोगी, दुर्घटनामा परेर हिँडडुल गर्न कठिन अवस्था भएका, बच्चालाई दूध चुसाउँदै गरेका कुकुरहरु भेटिन्छन् ।
यस्ता कुकुरहरुले मानिसहरुलाई टोक्ने, झम्टने, सवारी साधनलाई खेदाउनेजस्ता समस्या सिर्जना गर्ने गरेका छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App