वि.सं.: २०८२, मंसिर ४ बिहीबार
इ.स.: 2025 November 20,THRUSDAY
वि.सं.: २०८२, मंसिर ४ बिहीबार
मन्दिरको प्राचीनताको लिखित दस्तावेज पाइएको छैन, यसको निर्माण छैटौँ शताव्दीमा भएको मानिन्छ - अध्यक्ष, संगत
काठमाडौँ । आज शास्त्रीय विधिविधानपूर्वक व्रह्मा मन्दिर पुनःनिर्माणको शिलान्यास सम्पन्न भएको छ । वडा नं. ८ जय वागेश्वरी, गायत्री मार्गमा मन्दिर उत्खनन भएको स्थानमा वडाध्यक्ष आशामान संगतले शिलान्यास गर्नुभएको हो ।
संगतका अनुसार यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो । यसस्थानमा झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा उत्खननपश्चात् यसको प्राचीनताको अध्ययन गरिएको थियो । यसबाट मन्दिर छैटौँ शताव्दी देखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ ।
‘मन्दिरको वनावट र प्रकृति सम्बन्धी दस्तावेज नपाइए पछि हामीले जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरुबाट मन्दिरको रेखाङ्कन गराएका हौँ ।’ संगतले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्दिरको मूर्ति वर्षौँदेखि गौशाला प्रहरी कार्यालयमा रहेकोले उल्लेख गर्दै प्रहरी कार्यालयबाट मन्दिरमा सार्न हतार भइसकेको उल्लेख गर्नुभयो ।
सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको निर्माण पक्षबाट मन्दिरको पुनःनिर्माण हुँदैछ । यसको लागत करिब १ करोड १५ लाख रुपैयाँ हो । आउँदो वर्षको साउन २६ भित्र पुनःनिर्माण सम्पन्न गर्ने गरी कामको जिम्मा दिइएको छ । माटो, इटा र काठको प्रयोगबाट निर्माण हुने मन्दिर दुई तलाको प्यागोडा शैलीको हुनेछ । मन्दिरमा शिरमा गजुर राखिनेछ ।
निर्माण कार्य गर्दा वडासँगै महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभाग, स्थानीय समुदाय, संघसंस्थाहरुसँगको समन्वय गरिनेछ ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App