वि.सं.: २०८२, पुस ६ आइतबार
इ.स.: 2025 December 21,SUNDAY
वि.सं.: २०८२, पुस ६ आइतबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कल सेन्टरलाई क्षमता विकास गरेर अझ प्रभावकारी बनाइने प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताउनुभएको छ । राष्ट्रिय सभा गृहबाट सञ्चालन भएको सेन्टरलाई प्रविधिमैत्री बनाउने, गुनासो सुन्ने तथा सम्बोधन गर्ने अधिकारीहरुलाई सक्रिय बनाइने, गुनासो व्यवस्थापन गर्ने प्रक्रियाको ट्र्याकिङ् गर्ने, प्रणालीलाई अपाङ्गता भएका व्यक्तिहरुको पहुँच योग्य बनाउने, सम्पर्क गर्दा नम्बर व्यस्त नहुने बनाउने (एक ठाउँमा व्यस्त भए अर्को ठाउँमा स्वतः उठ्न सक्ने), अडियो रेकर्ड मात्र पठाउन पनि मिल्ने जस्ता विशेषता बढाउन उहाँले सूचना प्रविधि विभागलाई निर्देशन दिनुभयो ।
सेन्टरमा काम गर्ने अधिकारीहरुसँग भएका समस्याका विषयमा जानकारी लिँदै उहाँले भन्नुभयो, ‘आन्तरिक समस्यालाई तत्काल समाधान गरेर सेवा थप सशक्त बनाउनु पर्छ । गुनासो टिपाउन कसैलाई झन्झट नहोस् । गुनासो गरेपछि त्यसको सुनुवाई कसरी भइरहेको छ, यसको जानकारी गुनासोकर्तालाई स्वतः अद्यावधिक होस् । यस्तो प्रणाली विकास गरेर गुनासोकर्ताले गुनासो सम्बोधन भएको महसुस गराउन सक्ने हुनुपर्छ ।’
सेन्टरमा आउने गरेका गुनासाका प्रकृति, त्यसको सुनुवाई प्रक्रियामा विभागको सक्रियता, गुनासो कम सुन्ने विभागसँग सम्बन्धित गुनासा, प्राप्त भएको धेरै गुनासाहरुको प्रकृतिका विषयमा जानकारी लिइएको थियो । सेन्टरमा आउने गरेका गुनासाका प्रकृति, त्यसको सुनुवाई प्रक्रियामा विभागको सक्रियता, गुनासो कम सुन्ने विभागसँग सम्बन्धित गुनासा, प्राप्त भएको धेरै गुनासाहरुको प्रकृतिका विषयमा जानकारी लिइएको थियो । सेन्टरका प्रमुख भरतकुमार पोखरेलले अवस्थाका विषयमा जानकारी दिँदै टेलिफोनमा आएका गुनासमध्ये १० प्रतिशत दर्ता योग्य हुन्छन् । बाँकी जानकारी माग गर्ने खालका आउने गरेका छन् ।
अनुगमनका क्रममा प्रशासन विभागका प्रमुख नमराज ढकाल, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल सहित पदाधिकारी हुनुहुन्थ्यो । त्यस क्रममा सेन्टरका प्रमुख पोखरेलले, अहिलेको प्रणालीलाई अत्याधुनिक सेवामा रुपान्तरण अपरिहार्य भएको बताउनुभयो ।
कल सेन्टरपछि उहाँले राष्ट्रिय सभा गृहको ढल निकास प्रणालीको अनुगमन गर्नुभएको थियो । सभा गृहमा सतहको पानी जम्मा भएका कारण बर्खायाममा समस्या थियो । अहिले ढल निकासको काम धमाधम भइरहेको छ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App
प्रतिक्रिया