वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
आकस्मिक र योजनावद्ध अनुगमनका लागि काठमाडौँ महानगरपालिकाको तयारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुगमन मूल्याङ्कन प्रणालीमार्फत नीति, योजना, कार्यक्रम र आयोजनाको निगरानीका लागि क्षमता बढाउन थालेको छ । अनुगमन टोलीका लागि ‘अनुगमन तथा मूल्याङ्कन सम्बन्धी प्रशिक्षण’ कार्यक्रममार्फत अधिकारीहरुलाई अनुगमन र मूल्याङ्कनका सूचक, यसका पद्धति, प्रभाव, ज्ञान, सिप र क्षमताका विषयका जानकारी गराएको छ । निगरानी सम्बन्धी प्रचलित कानुन र व्यवहारिक अभ्यास, प्रभाव र नतिजाको विश्लेषण विषयमा सामुहिक छलफल गराएको छ ।
प्रशिक्षण कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भन्नुभयो, ‘अनुगमन गर्न जाने अधिकारीसँग विषय सम्बन्धित कानुनी तथा प्रशासनिक ज्ञान र कार्य सञ्चालन/सम्पादनको प्रक्रियाका विषयमा थाहा हुनुपर्छ । नतिजा थाहा हुनुपर्छ । यति भए मात्र प्रभावकारी अनुगमन हुन सक्छ ।’ अधिकारीले थप्दै भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाबाट अनुगमनमा जाने अधिकारीलाई सक्षम बनाउँछौँ । तपाईहरुले आफ्नो क्षेत्रमा उत्कृष्ट नतिजा दिनुपर्छ ।’
‘नीति, योजना, कार्यक्रम र आयोजनाबाट अपेक्षा गरिएको नतिजा प्राप्त गर्न अबलम्बन गरिएको प्रक्रियासँग लगानी र लाभको विश्लेषण हुनुपर्छ । लागत प्रभावी भए नभएको हेर्नुपर्छ ।’ प्रशिक्षणमा राष्ट्रिय योजना आयोगका प्रवक्ता एवं सहसचिव सुमन दाहालले, स्थानीय तहमा अनुगमन र मूल्याङ्कनको सिद्धान्त तथा सूचकका विषयमा प्रस्तुतिकरण गर्दै भन्नुभयो, ‘सान्दर्भिकता, प्रभावकारिता, पारदर्शिता, कार्यदक्षता, दिगोपना र प्रभावका सन्दर्भमा लैङ्गिकता र समानताका दृष्टिले अनुगमन मूल्याङ्कन गर्नुपर्छ । यो आन्तरिक पनि हुन सक्छ । वाह्य पनि हुन सक्छ ।’
‘स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा उपभोक्ता अधिकार तथा बजार व्यवस्था अनुगमन समितिको व्यवस्था छ । कार्यपालिका अन्तर्गतका विषयगत समितिले गरेका काम, स्वीकृत वार्षिक कार्यक्रमको अनुगमन उपप्रमुखको संयोजकत्वमा रहेको समितिले गर्छ ।’ योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्यका भन्नुहुन्छ, ‘उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेश गरेर नगर सभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्छ । सुपरीवेक्षण समितिका कामको समन्वय एकाईले गर्छ । यस समिति मातहतमा जनजीविका र सार्वजनिक सरोकारका क्षेत्रको अनुगमन गर्न ५ वटा अनुगमन टोली गठन गरिएका छन् ।’
२ दिने प्रशिक्षणको पहिलो दिन अनुगमन तथा मूल्याङ्कनका सैद्धान्तिक पक्षमा प्रस्तुतिकरण तथा छलफल हुने एकाईका उपनिर्देशक प्रहलाद घिमिरेले जानकारी दिनुभयो । उहाँकाअनुसार दोस्रो दिन महानगरपालिकाको अनुगमन पद्धतिका विषयमा प्रस्तुति, अनुगमन टोलीले सम्पादन गरेका काम, सिकाइ र आगामी दिशाका बारेमा समूह कार्य हुनेछ । यस्तै कार्य सञ्चालन स्तरका समस्याको समाधान र सम्बोधन, अनुगमन कार्यलाई संस्थागत गर्ने विधिका विषयमा प्रस्तुति तथा छलफल हुनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App